‘दाल भात तरकारी’को पहिलो गीत भिजिट भिसामा रिलिज (भिडियो)

‘दाल भात तरकारी’को पहिलो गीत भिजिट भिसामा रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बैशाख १३ गतेबाट प्रदर्शनको तारीमा रहेको सिनेममा ‘दाल भात तरकारी’मा समावेश पहिलो गीत ‘भिजिट भिसामा’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि सिनेमामा समावेश लोक फ्लेवरको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतमा निशान भट्टराई र अन्जु पन्तको स्वर तथा बरिष्ठ हास्य ककलाकार हरिवंश आचार्यको शब्द छ । यो गीतले सिनेमाको भावलाई समेत बोकेको जानकारी निर्माण टिमले आयोजीत गीत सार्वजनिक कार्यत्रक्रम दिएको थियो ।

सुदन केसीको निर्देशनमा तयार भएको सिनेमाका प्रस्तुतककर्ता किरण केसी हुन् । मह संचारको ब्यानरममा निमार्ण भएको सिनेमामा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, आँचल शर्मा, बर्षा राउत, राजाराम पौडेल, शिवहरि पौडेल, विल्सन विक्रम राई, शिशिर वाङदेल लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा रमिला आचार्य, नरेन्द्र कंसकार, शिवहरि पौडेल, यमन श्रेष्ठको लगानी रहेकको छ । हरिवंश आचार्यको कथा, पटकथा तथा संवाद रहेको सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।

सिनेममाले ‘दाल भात तरकारी’का लागि नेपालीले गर्ने दुखलाई कमेडीको माध्यमबाट प्रस्तुत गरेको छ । भने सार्वजनिक गीतममा कलाकारकको नृत्य र कोरियोग्राफी उत्कृष्ट छ ।