हरिहर र कृष्टिन स्टारर ‘शुभलभ’को पहिलो गीत रिलिज (भिडियो)

हरिहर र कृष्टिन स्टारर ‘शुभलभ’को पहिलो गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चत्रै १५ गतेबाट प्रदर्शन हुने सिनेमा ‘शुभलभ’को पहिलो गीत सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको पहिलो गीत सार्वजनिक गगरिएको हो । ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ बोलको सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्र युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेललाई फिचर्ड गरिएको छ । उक्त गीतको सम्पुर्ण छायांकन पोखरामा गरिएको हो ।

‘शुभलभ’बाट युवा ज्योतिषी हरिहर अधिकारी सिनेमामा डेब्यु गर्दैछन् । युवा उमेरमा नै ज्योतिष विधामा आफूलाई स्थापित गरिसकेका हरिहरले ‘शुभलभ’मा पनि एक प्रख्यात युवा ज्यातिषकै भूमिका निर्वाह गरेका छन् । अर्थात् उनको आफ्नै जीवनसँग जोडिएका केही हिस्सा सिनेमाको कथासँग जोडेका छन् ।

सार्वजनिक गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ, भने निशान भट्टराईले गीतमा स्वर दिएका छन् । उक्त गीतमा हरिहर अधिकारी र क्रिस्टिन पैडेललाई कोरियोग्राफर रामजी लामिछानेले नचाएका हुन् । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।

‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने निर्माता तथा हल सञ्चालक प्रदीप कुमार उदय ‘शुभलभ’मा अतिथी कलाकारको रुपमा देखिनेछन् ।

सिनेमामा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।