पोखरा पुग्यो ‘रणवीर’ टोली

पोखरा पुग्यो ‘रणवीर’ टोली

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी माघ १८ बाट सिनेमा हलमा रिलिज हुने सिनेमा ‘रणवीर’को टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा मोफसल यात्रा सुरु गरेको छ । यसै क्रममा निर्माण टोली पोखरा पुगेको छ । शनिबार बिहान पोखरामा पत्रकार भेटघाट आयोजना गर्दै सिनेमाको बारेमा जानकारी गराईयो ।

यो चलचित्रका अभिनेता शुशिल सिटौलाले पत्रकार भेटघाटमा बोल्दै आफु यो चलचित्रमा रणवीरको शिर्ष भूमिकामा रहेको खुलासा गरे,‘यस अघिका फिल्ममा चकलेटी भूमिकामा दर्शकले मलाई हेर्दै आए पनि यसमा रणवीर बनेर म मुलुकका बिकृति बिसँगति बिरुद्ध उत्रिएको छु ।

रणवीरमा दर्शकहरुले मलाई छुट्टै चरित्रमा देख्नु हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’ यो चलचित्रको भूमिकाबारे बोलेर भन्दा पनि काम गरेर देखाएकाले पर्दामा हेरेर त्यसको मुल्याँकन गर्न पनि उनले अनुरोध गरे ।

यो चलचित्रमा शुशिलसँगै, नवोदित अभिनेत्रीद्धय शुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, हरिहर शर्मा, टिका पहारी, नरेश पौड्याल, भोलाराज सापकोटालगायतको मुख्य भूमिका छ ।
नवोदित अभिनेत्री एवम् मिसे नेपाल इन्टरनेशलन २०१२ शुभेच्छा खड्काले यस अघि विभिन्न चलचित्रमा प्रस्ताव आए पनि खोजेको जस्तो भूमिका र टिम पाएका कारण रणवीरमा काम गरेको बताईन् । पहिलो चलचित्रबाट आफुले दर्शकको मन जित्नेमा विश्वस्त रहेको पनि उनले जिकिर गरिन् ।

अर्की नवोदित अभिनेत्री सुपुष्पाले यो चलचित्रमा आफु एउटी प्रेमिकासँगै जिम्मेवारी युवतीको भूमिकामा रहेको जानकारी गराईन् । आफु नयाँ भएर पनि अग्रज कलाकारहरुसँग काम गर्दा धेरै कुरा सिक्न पाएको अनुभव उनले सञ्चारकर्मीलाई सुनाईन् ।

यसका लेखक एवम् निर्देशक गोविन्द सिंह भण्डारीले आफु दक्षिण भारतीय सिनेमा उधोगमा कार्यरत रहे पनि नेपालमा गुणस्तरीय फिल्म बनाउनु पर्छ भनेर यता आएको हुँ भने । उनले पत्रकार भेटघाटमा बोल्दै चलचित्र रणवीरमा बिकराल भ्रस्टाचार, अपहरण, गुन्डागर्दी जस्ता विविध समस्यालाई उठाएको जानकारी गराए । रणवीर प्रेम कथामा आधारित भएर पनि एक्सन प्रधान सामाजिक सिनेमा बनेको उनले बताए ।

यस अघि चलचित्र गाजा बाजा चलचित्र बनाएका गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले रणवीरको निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै गोमाले रणवीरको कथा ससक्त भएको र निर्देशक गोविन्दको यस अघिका कामबाट आफु प्रभावित भएकाले रणवीरमा लगानी गरेको हो भनिन् । उनले नारी निर्माताहरुले पनि राम्रो सिनेमा बनाउन सक्छन भन्ने उदाहरण यो फिल्मबाट आफु बन्ने बताईन् ।

निर्माता दीपेन्द्र रेग्मीले रणवीरले बाउ र छोराको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने उदाहरण समाजमा पेश गर्ने छ भने । यसमा नेपाली समाजको समसामयिक कथा रहेको रेग्मीले जानकारी गराए । पोखरामै अध्ययन गरेर यहीबाट पत्रकारिता सुरु गरेका स्याङ्जाका रेग्मी पत्रकार भेटघाटमा आफ्नो अनुभव सुनाउँदा भावुक भए ।

तिरिमिरी तिन तारा…गीत र ट्रेलरका कारण अहिले चर्चामा रहेको रणबीरमा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, राजनराज शिवाकोटा, हर्कुलेस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछोन, गम्भिर बिष्ट र सुरेन बस्यालको कोरियोग्राफी छ ।