ऋचा शर्माले भनिन्‌ – ‘म स्वस्थ छु’

ऋचा शर्माले भनिन्‌ – ‘म स्वस्थ छु’

द सिनेमा टाइम्स
0
Shares


द सिनेमा टाइम्स, काठमाडौं – हृदयाघात भएको खबर एकाएक फैलिएपछि नायिका ऋचा शर्माले आफू स्वस्थ रहेको स्टाटस नै लेख्नुपरेको छ । केही समाचार माध्यममा ऋचा शर्मा बिरामी भएको र हृृदयाघातको समस्या देखिएको भन्ने समाचार छापिएका थिए ।

नायिका शर्माले द सिनेमा टाइम्ससँगको छोटो कुराकानीमा आफूलाई त्यस्तो केही नभएको र बुधवार आफू निरन्तर चेकअपका लागि अस्पताल गएको बताइन् । उनले भनिन्, ‘म एकदमै ठीक छु, हृदयाघात भएको होइन ।’

अस्पताल स्रोतलाई उद्धृत गर्दै ऋचाको इमरजेन्सीमा राखेर उपचार भइरहेको समाचार आएपछि सामाजिक सञ्जाल फेसबूकमा समेत स्टाटस लेखेर सामान्य समस्या भएर आफू अस्पताल गएको लेखेकी हुन् ।

यस्तो छ उनको स्टाटस