दोस्रो नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल काठमाण्डौमा आयोजना गरिने

दोस्रो नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल काठमाण्डौमा आयोजना गरिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काडमाडौं – राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै दोस्रो नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल -‘निफ’को आयोजना हुने जानकारी गराइएको छ । गत वर्ष पोखरा आयोजना भएको पहिलो फिल्म फेस्टिभलको सफलतापछि निफ २०१९ को आयोजना काठमान्डूमा गर्न लागिएको पर्यटन बोर्डको हलमा आयोजित पत्रकार सममेलनमा जानकारी गराइयो ।

वरिष्ठ सिनेमाकर्मी यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा वरिष्ठ सिनेमाकर्मी नीर शाह, अभिनेता रमेश उप्रेती, चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल , केन्द्रिय चलचित्र जाँच पास समिति सदस्य सुभाष गजुरेल, अभिनेता निर्मल शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै फेस्टिभलका संयोजक केपी पाठकले नेपाली सिनेमालाई अन्तराष्ट्रिय लेभलमा पुर्याउनको निमित्त पनि कार्यक्रम सार्थक हुनेमा जोड दिनु भयो ।

‘हाम्रो जुरी कमिटीमा नेपालसँगै विदेशी सिनेमाकर्मी पनि हुनुहुन्छ , त्यहा हाम्रो सिनेमालाई उहाले हेर्नु हुन्छ हाम्रो सिनेमा कस्तो बनेको छ भन्ने संदेश पनि जान्छ’ आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिस्थानका अध्यक्ष समेत रहेका केपी पाठकले महोत्सव आउदो फेब्रुअरी २१ देखि २५ तारिखसम्म काठमाण्डूमा सुरु हुने आयोजित कार्यक्रममा जानकारी गराइयो ।

यसपटक विभिन्न ३१ राष्ट्रका ५९ वटा सिनेमाहरु प्रदर्शनका लागि अन्तिम् छनौटमा परेका छन् । ती मध्ये नेपालका १६ सिनेमाहरु समावेश छन् । महोत्सवमा समावेश विदेशी सिनेमाहरु मध्ये ३१ वटा शर्ट सिनेमाहरु छन् भने ६ वटा फिचर सिनेमाहरु छन् । यस्तै गरी नेपाली सिनेमाहरुमा ६ वटा फिचर र १० वटा शर्ट सिनेमा रहेका छन् ।

नेपालले अन्र्तराष्ट्रिय सहकार्यमा बनाएका दुई वटा शर्ट सिनेमाहरु निफ महोत्सवमा समावेश गरिएको छ । सोही महोत्सवमा नयाँ सिनेमाकर्मीहरुका लागि अवसर प्रदान गर्ने उद्देश्यले प्रतिस्पर्धात्मक कथा वाचन कार्यक्रमको आयोजना गर्न लागेको कुराको घोषणा गरिएको छ ।