‘प्रसाद’का दुई गीत एकसाथ करोड क्लबमा प्रवेश

‘प्रसाद’का दुई गीत एकसाथ करोड क्लबमा प्रवेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंसिर २१ गते रिलिज भएको हिट सिनेमा ‘प्रसाद’का दुई गीत एकसाथ करोड क्लबमा प्रवेश गरेका छन् । प्रसाद टिमले सार्वजनिक गरेको लिरिकल गीत ‘लै लै..’ र लोक फ्लेवर ‘बनकी चरी’ एकसाथ करोड क्लबमा प्रवेश गरेका छन् । ‘प्रसाद’को सफलतामा यी दुई गीतको पनि ठुलो हात रहेको निर्माण टिमको बुझाई छ । सिनेमाको कास्ट र कन्टेनले हाइप बढाई रहदा गीतको सफलताले सिनेमाले राम्रो बिजनेस गर्नेमा निकै आशावादी बनायो ।

यसपछी सार्वजनिक भए लोक शैलीको गीत ‘बनकी चरी’ यसलाई पनि दर्शकले उत्तिकै रुचाए । यी दुई गीतले नै प्रसादको राम्रो ब्यापार गर्न मदत गर्यो । लिरिकल भिडियो ‘लै लै..’ मा सुबास भुषालको संगीत तथा गणेश शाहीको शब्द रहेको गीतमा केतन छेत्रीले स्वर छ । यो गीत लिरिकल भएता पनि यसले करोड क्लबमा इन्ट्री गर्न सफल भएको छ । यसैगरी अर्को गीत ‘बनकी चरी’ मा निश्चल बस्नेत, विपिन कार्की र अन्जली अधिकारी फिचर्ड छन् । लोक शैलीको आइटम गीतलाई रुपक डोटेल र अन्जु पन्तको स्वर समावेश छ ।

यो गीतमा पनि सुबाश भुषालकै संगीत रहेको गीतको शब्द बि पाण्डेले लेखेका हुन् । सिनेमा सकावेश दुवै गीत कथाअनुसार नै पर्दामा देख्न पाइन्छ । सिनेमामा विपिन कार्की , नम्रता श्रेष्ठ र निश्चल बस्नेतमा केन्द्रित छ । जसको मध्यमबाट कथालाई भनिएको छ । सुभास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । सिनेमालाई समिक्षक तथा रंग पत्रकार सुशील पौडेलले लेखेका हुन् भने सिनेमामा लोकेश बज्रचार्यको सम्पादन रहेको छ ।