दीपक मनाङेको नयाँ सिनेमा निर्देशन गर्दै शिशिर राणा

दीपक मनाङेको नयाँ सिनेमा निर्देशन गर्दै शिशिर राणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मनाङ (ख) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) ले नयाँ सिनेमा निर्माण गर्ने भएका छन् । उनी निर्माता रहने नयाँ सिनेमालाई ‘तिमीसँग’ फेम्ड निर्देशक तथा कलाकार शिशिर राणाले निर्देशन गर्ने तय भएकोछ । बुधबार दीपक मनाङे र शिशिर राणाबीच औैपचारिक रुपमा कागजी सम्झौता भएको हो । चैत अन्तिम साताबाट छायांकन सुरु हुने सिनेमाका लागी केही दिनबाट कलाकार छनोट काम सुरु गरिने निर्देशक राणाले बताए ।

दीपकले यसअघि आफ्नो छोरा सिद्धार्थ गुरुङको डेब्यु सिनेमा ‘वान वे’ निर्माण गरेका थिए । वान वे रिलिज भएको लामो समयपछि उनी सिनेमा निर्माणमा फर्किएका हुन् । सिनेमाले विवाहपछिको एक दाम्पत्तिको प्रेमकथा बोल्नेछ । रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको प्रस्तुतकर्तामा श्यामबहादुर थापा हुन्, भने कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली रहेका छन् । निर्देशक राणाले यो सिनेमालाई ‘सोसल ड्रामा’ भनेका छन् ।

विवाहपछिको प्रेममा आधारित हुने भएकाले सिनेमामा पाका कलाकार रहनेछन् । सिनेमाको एक गीत रेकर्ड भइसकेको छ भने अहिले स्क्रिप्टमा काम भइरहेको छ । निर्देशक शिशिर निर्देशीत सिनेमा ‘तिमीसँग’ गत वर्षको चैत्रमा प्रदर्शनमा आएको थियो । चलेका कलाकार हुँदा पनि सिनेमा बक्सअफिसमा राम्रो ब्यापार गर्न सकेको थिएन ।