सुनिल र सुजाता स्टारर ‘रे’को छायांकन अन्तिम चररणमा

सुनिल र सुजाता स्टारर ‘रे’को छायांकन अन्तिम चररणमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘रे’ नाममा नेपाली सिनेमा निर्माण भैरहेको छ । यो सिनेमाको हाल धमाधम छायांकन भैरहेको निर्माण टिमले जनाएको छ । केही दिनदेखि नेपाली सिनेमाको अत्याधिक छायांकन हुने रमणीय स्थल चोभारमा सिनेमाको एक्सन दृश्यको छायांकन भइरहेको निर्देशक दिनेश पौडेलले जानकारी दिए । छायांकन भइरहेको एक्सन सिनमा निर्माण टिमले महँगो खर्चमा हेलिकप्टर समेत उडाएको छ ।

अहिलेसम्म सिनेमाको करिब करिब आधाबढी छायांकन सकिएको छ । यस सिनेमामा सुनिल थापा, दिवस धिताल, सुजता थापा, क्रान्ति बराइली लिड रोलमा छन् । अबको केही दिनमा सिनेमाको सम्पूर्ण छायांकन सकिने निर्माता राजेन्द्र त्रिपाठीले बताए । सवा करोडमा सिनेमाको निर्माण सम्पन्न हुने उनको आँकलन छ । आउँदो तीजमा रिलिज रिलिज हुनेछ ।

काठमाडौँ उपत्यकाभित्र हुने प्रख्यात ३ जात्राहरु ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्राको वरिपरि सिनेमाको कथा घुम्ने निर्देशक पौडेलले जानकारी दिए । एक्सन, लभ, रोमान्स, कमेडी सबै खुराक सिनेमामा रहेको उनी बताउँछन् ।

सिनेमामा दोय कुमार श्रेष्ठ र शंकर महर्जनको द्वन्द्व निर्देशन छ । सगुन फिल्म्सको ब्यानरमा सिनेमा निर्माण भैरहेको छ । अभि जोशी, रक्षा गुरागाइँ, पुर्णिमा लामा लगायतका कलाकारहरुको पनि अभिनय रहेको यस सिनेमामा किशोर खतिवडा अतिथि भूमिकामा छन् ।