हिरोइन बन्ने सपना ‘रणवीर’ले पुरा गरेको छ : सुपुष्पा भट्ट

हिरोइन बन्ने सपना ‘रणवीर’ले पुरा गरेको छ : सुपुष्पा भट्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठकाडौं – यो वर्ष पनि थुप्रै नयाँ अनुहारले नेपाली सिनेमामा डेब्यु गर्दैछन् । ति मध्यकी एक हुन्, सुपुस्पा भट्ट । उनि सिनेमा ‘रणवीर’ मार्फत नेपाली सिनेमा क्षेत्रमा डेब्यु गदैछिन् । चार्टर एकाउन्टकि विधार्थी भएता पनि सुपुष्पालाई सिनेमामा आउने रहर पहिले देखि नै थियो । ‘अडिसन मार्फत नै आफु सिनेमामा सेलेक्ट भएकी हुँ’ सुपुस्पा भन्छिन् ‘सानै देखि सिनेमामा आउने चाहना थियो, त्यो चाहानालाई ‘रणवीर’ले पुरा गरिदिएको छ । माघ १८ गतेबाट प्रदर्शन हुने सिनेमा ‘रणवीर’मा फिमेल क्यारेक्टर चाहिएको छ, भन्ने थाह पाएपछि अडिसनमा पुगेर सेलेक्ट भएको अनुभव उनीसँग छ ।’

उनलाई सिनेमामा आउने रहर त थियो तर चिनजान भने कोहिसँग थिएन । त्यसैले उनले आफ्नो ईच्छा एक पटक प्रशान्त ताम्राकारसँग शेयर गरेकी थिइन् । अडिसनको खबर पनि प्रशान्त मार्फत नै उनले पाएकी थिइन् । ‘मलाइ प्रशान्त सरले भन्नु भएपछी इन्टरनेशनल क्लब सानेपा गएर अडिसन दिए’ सुपुस्पाले अडिसनको समयलाई सम्झिदै भनिन् ‘मैले पहिला आफैले एउटा डायलग बोले त्यसपछि सुशीलजीसँग एउटा सिन दिनु भयो , त्यो गरेर फर्किए ।’ उनलाई बेलुकी मात्र आफु सेलेक्ट भएको थाह भयो ।

‘नेपाली सिनेमामा आफुले ‘रणवीर’ मार्फत नै धेरै कुरा सिके र बुझे’ आफुले पाएको अवसरलाई खेर जान नदिएको बताउँछिन । किनकी उनले सोचेकी थिइन् , यति छिटै सिनेमामा आफुलाई पाउछु भनेर । ‘निकै राम्रो टिम पाएको छु , सपोटिभ हुनुहुन्छ , सिकाउनु हुन्छ , बुझाउनु हुन्छ’ उनि भन्छिन् ‘मलाइ घरबाट पनि निकै सपोर्ट गर्नु हुन्छ ।’ उनि सिएको विधार्थी भएपनि उनलाई घरबाट पूर्ण सपोर्ट छ । सिनेमाको सार्वजानिक सामाग्री गीत र ट्रेलरमा देखिदा नै उनलाई म्युजिक भिडियो, एड तथा केहि सिनेमाको अफर आइसकेको छ , तर उनि रणवीरको रिजल्ट कुर्दैछिन् ।

सिनेमामा सुपुष्पाका अलवा सन् २०१२ कि मिस नेपाल इन्टरनेशनल सुबेक्षा खड्का पनि डेब्यु गर्दैछिन् । सिनेमामा सुशील सिटौला शिर्ष भूमिका अर्थात रणवीरको भूमिकामा छन् । यस्तै प्रशान्त ताम्राकार टिका पहाडी , नरेश पौडेल , रवी गिरी र हरिहर शर्मा ,जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ ।

सिनेमालाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । सिनेमामा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । सिनेमामा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्धन्द्व, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।