टेम्पो चालक बनेकी स्वस्तिमा अभिनीत ‘बुलबुल’ ट्रेलर रिलिज

टेम्पो चालक बनेकी स्वस्तिमा अभिनीत ‘बुलबुल’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फागुन ३ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बुलबुल’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको ट्रेलर मंगलबार माघे संक्रान्ती को अवसर पारेर युट्युबबाट सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले स्वस्तिमा खड्काको टेम्पो चालक चरित्र मार्फत सिनेमाको कथाभन्ने प्रयास गरिएको छ । ट्रेलरमा स्वस्तिमा खड्काका अलवा नवअभिनेता मुकुन भुषाल र लक्ष्मी बर्देवाले पनि स्थान दिइएको छ ।

निर्देशक विनोद पौडेलले बजार र आफ्नो रुचिदुवै कुरालाई मिलाएर ट्रेलरमा प्रस्तुत गर्ने जमर्को गरेको बताए । ट्रेलर मार्फत आफूले सिनेमाको निर्माण, कलाकारको अभिनय र कलाको संयोजन प्रस्तुतगर्न खोजेको उनको दाबी छ । ‘सिनेमामा हामीले दर्शक र आर्ट दुवैलाई समेट्ने प्रयास गरेका छौं । ट्रेलर पनि यहीबीचको बिन्दुमा बसेर आएको छ ’ पौडेलले भने, ‘नेपालमा भिज्युवलल्यांग्वेज परख गर्ने दर्शकको जमातबाक्लो छैन । तर, गर्नेलाई पनि ट्रेलरमा केही खुराक दिने प्रयास गरेका छौं । सिनेमाको विषय वस्तु जति रमाइलो छ उत्तिकै गम्भीर पनि । ’

सिनेमामा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतका कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको सिनेमालाई विनोद पौडेलले लेखेका हुन् । रामराजा दाहाल सिनेमाका कार्यकारी निर्माता रहेको सिनेमालाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर निर्माण गरेका हुन् ।

बुलबुल निर्माण टिमले केही दिनअघि सिनेमाकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई दोहोरो भूमिकामा प्रस्तुत गरेको भिडियो सार्वजनिक गरेको थियो । बुलबुलमा समावेश ’खुद्रा खाद्री माया’ बोलको गीत अहिले चर्चामा रहेको छ ।