आयुष्मान र शिल्पा स्टारर सिनेमा ‘सानो मन’ निर्माण घोषणा

आयुष्मान र शिल्पा स्टारर सिनेमा ‘सानो मन’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुयोग गुरुङको डेब्यु निर्देशन रहेने सिनेमा ‘सानो मन’को मंगलबार काठमाडौंमा एक कार्यक्रमका बिच निर्माण घोषणा गरियो । म्यूजिकल लभस्टोरी कथामा निर्माण हुने सिनेमाको आगामी माघ ७ गतेबाट छायांकन सुरु हुँदैछ । मंगलवार माघे संक्रान्तिको अवसरमा राजधानीमा एक कार्यक्रम बीच सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको छ ।

‘सानो मन’मा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको जोडी बाँधिएको छ । आयुष्मानले ’सानो मन’ सिनेमा आफूले धेरै अगाडि साइन गरेको बताए । शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्डनमा हुँदा सिनेमाको कथा सुनिसकेको खुलाइन् ।

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने सिनेमामा योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरको लगानी रहने छ । ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमामा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि अभिनय रहने छ ।

समिर सुनवार र निर्देशक गुरुङको लेखनमा सिनेमा निर्माण हुनेछ । आलोक शुक्लाले छायांकन गर्ने सिनेमामा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ’पर्सनल ट्रेनर’ हुन् । सिनेमामा सुयोग सोताङले संगीत तयार पारेका छन् ।

निर्देशक गुरुङ ‘सानो मन’लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् । उनी भन्छन्, ’करीब २ वर्ष अगाडिको प्रोजेक्ट हो यो । तर, कहिले काहिँ आफैंलाई केही कुरामा चित्त नबुझ्दो रहेछ । यसैले केही समय लाग्यो ।’ मेरो टिमले सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने सुनाए ।