‘गोपी’ वर्तमान समाजको लागि राम्रो पाठ बन्छ : विपिन कार्की

‘गोपी’ वर्तमान समाजको लागि राम्रो पाठ बन्छ : विपिन कार्की

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ १८ गतेबाट रिलिज हुने सिनेमा हो गोपी । आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमालाई घामपानी फेम्ड निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । गोपीमा विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्का, भोलाराज सापकोटा, प्रकाश घिमिरे, हिउँवाला गौतम, रमेश अधिकारी, कुन्ति सिमली लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमाका मुख्य पात्र विपिन कार्कीले ‘गोपी’बाट अफर आए पश्चात स्कृप्ट पाएको तीन घन्टामा पढेर सकाएको अनुभव पत्रकारमाझ सेयर गरे । उनले भने मैले आजसम्म काम गरेका सिनेमा मध्ये सवैभन्दा छोटो समयमा निर्णय दिएर काम गरेको सिनेमा गोपी नै हो । विपिनले भने,- ‘कुनैपनि सिनेमामा काम गर्नु भन्दा पहिले स्कृप्ट पढ्छु । अनि आफु त्यो क्यारेक्टरमा काम गर्न सक्छु जस्तो लागेको खण्डमा काम गर्छु, नत्र गर्दैन । मैल सिनेमामा पनि पुरा स्कृप्ट पढे मैले गोपीको भुमिकामा काम गर्न सक्छु, जस्तो लाग्यो अनी निर्देशक दिपेन्द्र लामालाई काम गर्न तयार छु भनेर सहमती जनाए ।’

उनले भने,- ‘वर्तमान समाजको लागि ‘गोपी’ एक पाठ बन्ने धारणा व्यक्त गरे ।’ ‘गोपी’ भूमिका निर्वाह गर्दाको सहज रअसहज परिस्थितिलाई स्मरण गर्दै उनले भने ‘मेरो चरित्रजस्तै मेरो ग्रामिण घरेलु दिनचर्या थियो, घाँस काटेको छु । खोले खुवाएको छु । स्कुल जाँदा दूधको ट्यामी बोकेर डेरीसम्म पुराएको छु । यस हिसाबले काम गर्न सहज भयो ।’

श्रीधर पौडेल कार्यकारी निर्माता रहेको सिनेमामा सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद छ । आरोही केसीले निर्माण गरेको ‘गोपी’को कथा निर्देशक लामाले तयार गरेका हुन् । सिनेमामा शैलेन्द्रध्वज कार्कीको डिओपी, न्हयू बज्राचार्य,अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, गोविन्द राईको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन छ ।