निर्मला हत्याकाण्डमा निर्माण भएको सिनेमा ‘कोपिला’को इन्डक्ल्याप

निर्मला हत्याकाण्डमा निर्माण भएको सिनेमा ‘कोपिला’को इन्डक्ल्याप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – करिब एक महिनादेखि छायांकन चलिरहेको सिनेमा ‘कोपिला’को सोमबार इन्डक्ल्याप गरिएको छ । कन्चनपुरकी १३ बर्षीय बालिका निर्माला पन्तको बलत्कार पछि हत्या भएको कथामा सिनेमा ‘कोपिला’ निर्माण गरिएको निर्देशक शिभम अभिकारीले बताए । घटनाको दोषी पत्तालगाउन नसकेको भन्दै सुरक्षा निकाए र सरकारको आलोचना ब्यपाक भईरहेको छ । हत्या काण्डले दिनप्रतिदिन नयाँ मोड लिईरहेको समाचारहरु संचारमाध्यामहरुमा आईरहेकाछन् । यिनै घटनाहरुलाई समेटेर बास्तवीक कथामा कोपिलाको निर्माण गरिएको जनाएको छ ।

सिनेमामा शिभम अधिकारीले लेखन तथा निर्देशन रहेको छ । सोमबार चित्तवनमा सिनेमाको ईन्डक्ल्याप गर्दै छायाँकन सम्पन्न भएको निर्माता मणिराज गौतमले बताए । करीब ८० लाख रुपैयाको लागतमा निर्माण भएको यो सिनेमाले स्व. पन्तको बलत्कार र हत्या पछि सिर्जित सामाजिक स्थिति र हाल सम्मको अवस्थामा आईपुग्दा सम्मको चित्रण समेटीएको निर्देशक अधिकारीले बताए । ‘कोपीला’मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थिति समाबेश छ ।

सिनेमाको मुख्य पात्र निर्माला अर्थात ‘कोपीला’को भुमिकामा संजीवनी खरेल लाई फिचर्ड गरिएको छ । सिनेमालाई संचारकर्मी मणिराज गौतम र करुणाकर घिमिरेले मिलेर निर्माण गरेका हुन् । ‘कोपिला’ कलाकार गणेश गिरीको प्रस्तुतीमा तयार भएको हो । सिनेमाको कार्यकारी निर्मातामा सुबाशराज काफले, सह-निर्माताहरुमा सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाँकार रामेश्वर कार्की रहेका छन ।

‘कोपीला’मा सरिता गिरि, गणेश गिरि, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिर, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगाएतका कलाकारहरुको अभिनय रहेको छ । ‘कोपीला’मा शिब शरण न्यौपानको छायांकन, रामबाबु खड्काको मुख्य साहायक निर्देशन, दिपक शर्माको संगीत रहेको छ ।