आमिरको मुख्य भुमिकामा ‘गजनी २’ बन्ने पक्का

आमिरको मुख्य भुमिकामा ‘गजनी २’ बन्ने पक्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता आमिर खानको सन् २००८ सुपरहिट सिनेमा ‘गजनी’को सिक्वेल निर्माण हुने भएको छ । ‘गजनी’ सय करोड क्लबमा सामेल हुने पहिलो बलिउड सिनेमा समेत हो । आमिर खानको मुख्य भूमिका रहेको यो सिनेमामा उनले एट प्याक एब्स बनाएका थिए । त्यसपछि बलिउडमा यसरी बडी बनाउने हिरोहरुको लहर नै चलेको थियो । त्यही सफल सिनेमाको सिक्वेल ‘गजनी २’को लागी अहिले कडा मेहनत गरिरहेको बलिउड मिडियाले जनाएका छन् ।

एआर मुरुगदासको निर्देशनमा तयार भएको सिनेमा ‘गजनी’ दक्षिण भारतीय सिनेमाको रिमेक हो । अब ‘गजनी’ को सिक्वेल ‘गजनी– २’ बन्ने पक्का भएको छ । यसको हिरो पनि आमिर नै हुनेछन् । निर्माण टिमले सिनेमाको टाइटल पनि दर्ता गरिसकेको छ । निर्माता गीता आर्ट्सले टाइटल हिंन्दी र साउथ गरि दुई भाषामा दर्ता गराएको बलिउड मिडियाले समाचार प्रकाशन गरेका छन् ।

आमिरले ‘गजनी’को सिक्वेल गर्ने तय भएपछि बलिउडमा यसको चर्चा चुलिएको छ । ‘ठग्स अफ हिन्दुस्तान’ असफल भएपछि आमिर निकै दुःखी भएका छन् र उनी गजनी– २ मार्फत सानदार कमव्याक गर्न चाहन्छन् । तर सिक्वेल निर्माण हुने पक्का भएता पनि यसको निर्देशन कस्ले गर्ने भन्ने अहिलेसम्म पक्का भएको छैन् । निर्देशक एआर मुरुगदासले आफुले ‘गजनी २’ निर्माण बारेमा अहिलेसम्म जनाकारी नभएको प्रतिक्रिया दिएका छन् ।