अमृत र करुणाको ‘पिरतीको गाउँ’ रिलिज (भिडियो)

अमृत र करुणाको ‘पिरतीको गाउँ’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ १८ गतेबाट रिलिज हुने सिनेमा ‘सयकडा दश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘पिरतीको गाउँ…’ बोलको गीत सोमबार युट्युबबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा सिनेमाका मुख्य कलाकार अमृत ढुगांना, करुणा श्रेष्ठ र उत्तम न्यौपानेलाई फिचर्ड गरिएको छ । गीतमा दुई युवाले एउटै केटीलाई मन पराएको देख्न सकिन्छ ।

कल्याण सिंकको संगीत रहेको सार्वजनिक गीतमा रवि मल्लको शब्द तथा स्वप्न सुमन र त्रिशला गुरुङको स्वर छ । सार्ववनिक ‘गीत पिरतीको गाउँ..’मा दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ । भ्रष्टाचार विरुद्धको प्रेमकथा बुनिएको सिनेमालाई ‘प्रेमगीत २’ फेम्ड निर्देशक रामशरण पाठकले निर्देशक गरेका हुन् । ‘सयकडा दश’ विषेश गरि युवा पुस्ताका दर्शकले हेर्नै पर्ने सिनेमा बनेको निर्देशक पाठक बताउँछन् ।

रज्जु प्रधानको प्रस्तुतीमा निर्माण भएको सिनेमाबाट बरिष्ठ हाँस्य कलाकार मनोज गजुरेल, करुणा श्रेष्ठ, सोनिया राई, उत्तम न्यौपाने लगायतका कलाकारले डेब्यु गर्दैछन् । ‘सयकडा दश’ अमृत ढुगांनाका अलवा राजराम पौडेल, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्ट, एनबी गुरुङ, टंकराज आचार्य, प्रसिद्ध थापा, मानश्वी निरौला लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

दर्शन नेपाल क्रियसन र डिआर म्युजिक एण्ड ट्रेडिङको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता कलाकार राजाराम पौडेल हुन् । ‘सयकडा दश’मा उत्तम खत्री, डिआर उपाध्याय र संजीव न्यौपानेको लगानी रहेको छ । भने सिनेमामा मनोज निरौला, बलकृष्ण घिमिरे र साजन थापा सह निर्माताको रुपमा रहेका छन् ।

‘सयकडा दश’मा रज्जु प्रधानको कथा, निर्देशक रामशरण पाठकको पटकथा तथा संवाद, कल्याण सिंह र जुगोल डंगोलको संगीत, रामेश्वर कार्कीको छायांकन, बनिष शाह र भुपेन्द्र अधिकारको सम्पादन रहेको छ ।