हिरानी भन्छन्, ‘ यो मेरो साखलाई बर्बाद गर्ने षड्यन्त्र हो !’

हिरानी भन्छन्, ‘ यो मेरो साखलाई बर्बाद गर्ने षड्यन्त्र हो !’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका चर्चित सिनेमा निर्देशक राजकुमार हिरानीले आफूमाथि लागेको ’सेक्सुअल ह्यारेसमेन्ट’ को आरोपको बारेमा मुख खोलेका छन् । एक स्टेटमेन्ट जारी गर्दै उनले गएको दुई महिना अगाडि आफूमाथि लागेको उक्त आरोपको बारेमा थाहा पाएपछि अचम्ममा परेको बताएका छन् ।

’मुन्ना भाई एमबीबीएस’, ’३ इडियट्स’ ’सञ्जू’ र ’पिके’ जस्ता बल्कबस्टर सिनेमाका निर्देशक राजकुमार हिरानीमाथि उनकी असिस्टेन्ट रहेकी एक महिलाले ’सेक्सुअल ह्यारेसमेन्ट’ गरेको आरोप लगाएकी हुन् । सिनेमा ‘सञ्जू’ को पोस्ट प्रोडक्सनको क्रममा करीब ६ महिनासम्म आफूमाथि हिरानीले यौन शोषण गरेको उनले बताएकी छन् ।

यौन शोषणको खबर बाहिर आएपछि हिरानीले आफ्नो पक्षको एक स्टेटमेन्ट जारी गर्दै आफूलाई फसाउन खोजिएको बताएका छन् । उनले आफ्नो बयानमा भनेका छन्, ’ममाथि लागेको आरोपमा सत्यता छैन । त्यो सबै झूट हो । यो दुर्भावनापूर्ण र नोक्सान र्पुयाउने कहानी हो, जुन एक योजनाअनुसार फैलाइएको छ । मेरो साखलाई बर्बाद गर्ने षड्यन्त्र हो यो ।’

आरोप लगाउने महिला सिनेमा ‘सञ्जू’ को बेला राजकुमार हिरानीको असिस्टेन्ट थिइन् । महिलाको आरोपका अनुसार, ‘सञ्जू’ को पोस्ट प्रोडक्सनको बेला सबैभन्दा बढी हिरानीले उनीसँग गलत हर्कत गरेका थिए । ६ महिनामा एकभन्दा बढी पटक आफूमाथि ’सेक्सुअल ह्यारेसमेन्ट’ भएको उनले निर्धक्क भनेकी छन् ।

यो मामला मार्च २०१८ देखि सेप्टेम्बर २०१८ को बीचको हो । आरोप लगाएकी महिलाले भनेकी छन्, ’९ अप्रिल २०१८ मा हिरानीले पहिलो पटक ममाथि सेक्सुअल टिप्पणी गरे र फेरि उनले आफ्नै घरको कार्यालयमा सेक्सुअल ह्यारेसमेन्ट गरे ।’ महिलाले हिरानीलाई पिता समान सम्झने गरेको बताएकी छन् । जसले गर्दा उनको कम्पनीले विदु विनोद चोपडासँग मिलर निर्माण गरेको सिनेमा ‘एक लड्कीको देखा तो ऐसा लगा’बाट हात झिक्नु परेको छ ।