रजनीकान्त र अजितकुमारको बक्सअफिस भिडन्त कस्ले मार्यो बाजी ?

रजनीकान्त र अजितकुमारको बक्सअफिस भिडन्त कस्ले मार्यो बाजी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार अर्थात जनवरी १० तारिखबाट विश्वभर साउथ इन्डियाको दुई सिनेमा प्रदर्शन भैरहेका छन् । सुपरस्टार रजनीकान्त अभिनित सिनेमा पेट्टा र अजित कुमार अभिनित सिनेमा विश्वासम । यी दुवै सिनेमा साउथका दर्शका लागि प्रतिक्षीत सिनेमा थिए । रजनीकान्तको सिनेमालाई निर्माण कम्पनि सन पिक्चर्सले तमिल , तेलुगु र हिन्दी सहित तिन भाषामा रिलिज गरेको थियो भने अजित कुमारको सिनेमालाई तमिल भाषामा मात्र रिलिज गरिएको थियो । यी दुवै सिनेमा एकसाथ रिलिज भएपछी कसको सिनेमाले बक्सअफिसमा कति ब्यापार गर्छ ? यसको कौतुहलता दर्शकलाई मात्र होइन सिनेमा मेकरलाई पनि थियो ।

साउथ इंन्डियन सिनेमा उद्योगमा ११ वर्षपछि सुपरस्टार रजनीकान्त र अजित कुमार आमने सामने भएका थिए । यो बक्सअफिस लडाईमा सुपरस्टार रजनीकान्तको सिनेमाले बाजी मारेको छ । बलिउड सिनेमा तथा साउथ सिनेमा टेड एनालिष्ट रमेश बालाका अनुसार रजनीकान्तको सिनेमाले तीन दिनमा ९२.२९ करोड बराबरको ब्यापार गर्न सफल भएको छ ।

यस सिनेमामा रजनीकान्त अघिल्ला केही सिनेमाको तुलनामा फरक अवतारमा देखिएका छन् । उनको लुक्सलाई लिएर दर्शकमाझ चर्चा बढ्दो छ । सिनेमामा उनि दुई अवतारमा प्रस्तुत भएका छन् । यसैगरी अजितको सिनेमाले तीन दिन मात्र तमिल भाषा ७९.४० करोडको ब्यापार गरेको छ । उनको सिनेमालाई एक भाषामा मात्र रिलिज गरिएको थियो । तर पनि अजित कुमारको सिनेमाले रजनीकान्तको सिनेमालाई कमाईलाइ राम्रो टक्कर दिइरहेको छ ।