प्रशान्त र सुशीलको एक्सन लभस्टोरी सिनेमा ‘रणवीर’ ट्रेलर रिलिज (भिडियो)

प्रशान्त र सुशीलको एक्सन लभस्टोरी सिनेमा ‘रणवीर’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी माघ १८ गते रिलिज हुने एक्सन, लभस्टोरी सिनेमा ‘रणवीर’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरि सिनेमा ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको ट्रेलरमा सुशील सिटौला र प्रशान्त ताम्राकारको एक्सनलाई विषेश स्थान दिइएको छ ।

प्राची फिल्मस् र डिआर फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको सिनेमालाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । सिनेमामा गोमा थापा बिष्ट र दिपेन्द्र रेग्मीको लगानी रहेको छ । सिनेमाको यसअघि सार्वजनिक गीत, संगीत, टिजर र पोस्टरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकको मन जित्नेमा आशावादी रहेको छ । आफ्नो टिमले रणवीरलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको निर्माता दिपेन्द्र रेग्मीले बताए ।

सिनेमामा सुशील सिटौला र प्रशान्त ताम्राकारका अलवा हरिहर शर्मा, टिका पहाडी, सुबेक्षा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, बसन्ती भाट, शैलेश्वरी सिंह, नरेश पौडेल, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदीश रिजाल लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमा निर्देशक भण्डारीको कथा, पटकथा तथा संवाद, राजनराज सिवाकोटी, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत, चन्द्र पन्तको द्धन्द्व, महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन रहेको छ ।