सिनेमामा काम गर्न टिकटकमा अभिनय गरे जस्तो सजिलो छैन् : प्रिंयका सिंह

सिनेमामा काम गर्न टिकटकमा अभिनय गरे जस्तो सजिलो छैन् : प्रिंयका सिंह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ ४ गतेबाट रिलिज हुने सिनेमा हो ‘गरुड पुराण’ । यसै सिनेमाका निर्देशक सुवास कोइरालाले नयाँ हिरोइनलाई डेब्यु गराएका छन् । उनी हुन् प्रियंका सिंह ठकुरी । सिनेमाकी मुख्य हिरोइन प्रियंका सिंह ठकुरीलाई सुवासले एउटा म्युजिक भिडियो हेरेर डेब्यु गराएको बताएका छन् ।

शुक्रबार ‘गरुड पुराण’को बिषयमा पत्रकारसँग कुरा गर्दै आफुले काठमाडौं, नयाँ बानेश्वरकी प्रियंकाल अभिनय गरेको बफिन्स–९८ को अन्जानैमा बोलको गीतको म्युजिक भिडियोमा गरेको अभिनय हेरेर डेव्यु गराएको सुनाए । उक्त भिडियोमा प्रिंयकाले गौरव पहाडीको जोडी भएर अभिनय गरेकी थिइन् । टिक टकमा पनि निकै सक्रिय र चर्चित रहेकी प्रियंका सिंह अहिले ‘गरुण पुराण’को प्रमोसनमा लागी परेकी छिन् ।

टिकटक भिडियो बनाउनु र सिनेमामा अभिनय गर्नुमा निकै फरक भएको अनुभव प्रियंका सुनाउँछिन् । भन्छिन्, ‘टिकटकमा आफैँले, आफ्नो मर्जीले भिडियो बनाइरहेकी थिएँ । तर, सिनेमामा त धेरै गाह्रो हुँदो रैछ ।’ सिनेमामा उनले कर्मा शाक्य, कामेश्वर चौरसिया, प्रवीण खतिवडा र नाजिर हुसेन जस्ता नाम चलेका कलाकारसँग अभिनय गरेकी छन् ।

सुटिङका सुरुका दिनमा त्यति सहज महसुस नभएको उनी बताउँछिन् । ‘सिनियर एक्टरसँग काम गर्दा सुरुका दिनमा के कसो हो भन्ने लाग्यो । तर, पछि उहाँहरूले मलाई निकै सहयोग गर्नुभयो,’ उनी भन्छिन्, ‘उहाँहरुको साथ सहयोगले मैले धेरै राम्रो गरेकी छु जस्तो लाग्छ । तर, मेरो कामको मूल्यांकन माघ ४ गतेपछि दर्शकले गर्ने उनको बुझाई रहेको छ !’

प्रियंकालाई ‘गरुण पुराण’ रिलिज नहुँदै केही सिनेमाबाट अफर आइरहेका छन् । सिनेमामै करिअर बनाउने सोच रहेकी प्रियंकालाई अहिले डेब्यु सिनेमाको रिजल्टको प्रतीक्षा छिन् रे ! ‘पहिला डेब्यु सिनेमाबाट कस्तो रेस्पोन्स आउँछ, त्यो हेर्छु,’ प्रिंयका भन्छिन्, ‘त्यसपछि आफूलाई अभैm निखार्दै अघि बढ्छु । म अब सिनेमामै जम्ने तयारीमा छु हेरौं के हुन्छ, त्यो त माघ ४ पछिको समयले बताउँछ ।’

तस्वीर : निरज पन्थी