फ्राईडे रिलिज : एक्सन सिनेमा ‘भिलेन’ कमेडी कथाको ‘चौका दाउ’

फ्राईडे रिलिज : एक्सन सिनेमा ‘भिलेन’ कमेडी कथाको ‘चौका दाउ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि दुई नेपाली सिनेमाले प्रदर्शनको सुरुवात गरेका छन् । यो हप्ताबाट हलमा पुणेन्दु झा निर्देशीत ‘चौका दाउ’ र देवेन्द्र पाण्डे निर्देशीत सिनेमा ‘भिलेन’ प्रदर्शनमा आएका छन् । विल्कुलै फरक जनरामा निर्माण भएका कारण दुई सिनेमालाई बक्सअफिसमा राम्रो कमाई गर्न सक्ने सिनेमानको रुपमा हेरिएको छ । दुवै सिनेमा औषत प्रचार प्रसारमा विच हलमा प्रदर्शन भैरहेका छन् ।

एक्सन स्टार निखिल उप्रेतीको मुख्य भुमिका रहेको ‘भिलेन’ मा शिल्पा पोखरेल, कपिल खत्री, निशा अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । कपिल स्वयंले सिनेमालाई निर्माण गरेका हुन् । सिनेमाले एक प्रेमजोडीमा परिवार भिलेन बनेपछि गर्नु परेको संघर्षको कथा उठाएको छ । साथै तराई र पहाडको प्रेमको कथालाई समेत सिनेमामा स्थान दिइएको छ ।

गत वर्ष प्रदर्शनमा आएको सिनेमा ‘पिंजडा ब्याक अगेन’ पछि पर्दामा नदेखिएका निखिलका फ्यानका लागि यो सिनेमा लामो समयदेखि प्रतिक्षामा थियो । उनको एक्सनको भोका फ्यानलाई ‘भिलेन’ ले केही हदसम्म भए पनि सन्तुष्टि दिने विश्वास निर्माण टिमको छ । यो सिनेमाले ’सिंगल स्कृन’ राम्रो हात पारेको छ ।

यसअघि ‘संरक्षण’ निर्देशन गरेर वाहवाही बटुलेका पुर्णेन्दु झाले ‘चौका दाउ’ मा चार अधबैंसे पुरुषको युवती प्रेम प्रस्तुत गरेका छन् । सिनेमामा सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा, तैयव शाह, वर्षा राउत, अजस्र ढुंगाना लगायतका कलाकारको अभिनय रहेको छ ।‘चौका दाउ’ को कथा बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बाँस्कोटाको हो ।

दिर्घ गुरुङले खिचेको सिनेमामा मित्र डि.गुरुङको सम्पादन रहेको छ । सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निर्माण रहेको सिनेमामा रोशन श्रेष्ठको द्वन्द्व, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहेको छ ।