कमेडी सिनेमामा आर्यन र साम्तेनको टिमअप

कमेडी सिनेमामा आर्यन र साम्तेनको टिमअप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – ‘लेटर’बाट नेपाली सिनेमा निर्देशन डेब्यु गरेका साम्तेन भुटिया नयाँ सिनेमाको निर्देशनमा जुटेका छन् । पहिलो पटक कमर्सियल सिनेमा निर्माण गर्दैछन् । यो सिनेमाका लागी उनले चक्लेटी नायक आर्यन सिग्देल र भोलाराज सापकोटालाई फाइनल गरेका छन् । साम्तेनले भने मैले कमेडी कथामा नयाँ सिनेमा निर्देशन गर्दैछु ।

कमेडी कथामा निर्माण हुने सिनेमामा फरक भुमिकामा प्रस्तुत गर्न लागेको बताए । उनले भने,- ‘सम्पुर्ण निर्माता निर्देशकले आर्यनलाई लभरब्वाईको भुमिकामा मात्रै सिमित गरेका छन् । तर मैले आर्यनको हिडन पार्टलाई सिनेमामा प्रस्तुत गर्दैछु । आजसम्म कुनैपनि सिनेमाका निर्माता तथा निर्देशकले आर्यनलाई कमेडी भुमिकामा देखाउने हिम्मत गर्न सकेका छैनन् । यदि देखाएका भएपनि थोर मात्रै कमेडी भुमिकामा देखाएका होलान । तर मैले आर्यनलाई पहिलो पटक पुर्ण रुपमा कमेडी भुमिकामा देखाउँदै छु । कमेडी आर्यनको हिडन पार्ट भएको निर्देशक भुटियाले बताए ।’

केहिदिन पछि साम्तेनले काठमाडौमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको घोषणा गर्दैछन् । मुख्य अभिनेताको रुपमा आर्यन फाइनल भएता पनि मुख्य अभिनेत्री भने फाइनल गरिएको छैन् । निर्देशक भुटियाका अनुसार अहिले अभिनेत्रीको खोजी भैरहेको छ । बजारमा चलेका वा नयाँ जोसुकै सिनेमामा हुनसक्ने उनले बताए ।

नायक आर्यन सिग्देल अहिले विकास राज आचार्यको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘हजार जुनीसम्म’को छायांकनको लागी दार्जिलिङमा छन् । केहीदिनमा आर्यन काठमाडौं फर्के लगत्तै सिनेमाको घोषणा गरिने श्रोतले जनाएको छ । साम्तेनको निर्देशनमा तयार भएको सिनेमा ‘अनागत’ आगामी माघ ११ बाट रिलिज हुँदैछ । भने ‘सुस्केरा’ प्रदर्शनको तयारीमा रहेको छ ।