डेविडको ‘कुली नम्बर १’को रिमेकमा बरुण र साराको जोडी ?

डेविडको ‘कुली नम्बर १’को रिमेकमा बरुण र साराको जोडी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘केदारनाथ’ र ‘सिम्बा’ लगालग दुई हिट सिनेमा दिएकी सारा अली खानको चर्चा अहिले बलिउडमा चुलिदो छ । साराको अभिनय रहेको दोस्रो सिनेमा ‘सिम्बा’ अहिले पनि बलिउड बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ । उनै सारालाई बलिउडका एकपछि अर्को ठुला ब्यानरका सिनेमाबाट अफर आइरहेका छन् । ‘एबिसिडी ३’बाट क्याट्ररिना कैफले हात झिके पश्चात निर्देशक रेमो डिसुजा यो सिनेमाको अफर लिएर साराका पुगेका थिए ।

सारालाई अहिले ‘लभ आजकल २’, ‘बागी ३’, ‘एबिसिडी ३’ र ‘कुली नम्बर १’को रिमेक लगायतका ठुला ब्यानरका सिनेमाबाट अफर आएको बलिउड मिडियाले समाचार प्रकाशन गरेका छन् । जसमध्ये साराले कार्तिक आर्यनको मुख्य भुमिका रहने सिनेमा ‘लभ आजकल २’ र बरुण धवनका पिता डेविड धवनले निर्माण तथा निर्देशन गर्ने नयाँ सिनेमा ‘कुली नम्बर १’को रिमेकमा काम गर्ने पक्का गरिसकेको बलिउड मिडियाले जनाएका छन् । ‘जुडुवा २’ पछि डेविडले बरुणलाई लिएर ‘कुली नम्बर १’लाई रिमेक गर्दैछन् । यो सिनेमालाई डेविडले गोविन्दासँग मिलेर निर्माण गरेका थिए ।

योसँगै केहिदिन पहिले प्रदर्शमको तयारीमा रहेको सिनेमा ‘चिट इंन्डिया’का मुख्य कलाकार इमरान हास्मीले पनि सारा अली खानसँग काम गर्न चाहेको बताएका थिए । यस्तै करण जोहरको च्याट शो ‘कफि विथ करणको सिजन ६’मा अतिथी बनेर आएकी साराले आफु बरुणसँग काम गर्न निकै एक्साइटेड रहेको बताएकी थिइन् । यसैले पनि ‘कुली नम्बर १’को रिमेकमा बरुणसँग साराको जोडी पक्का गरिएको दाबी बलिउड मिडियाको छ ।