‘अनागत’को क्यारेक्टरबाट निस्कन निकै गाह्रो भयो : अर्पण थापा

‘अनागत’को क्यारेक्टरबाट निस्कन निकै गाह्रो भयो : अर्पण थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ ११ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘अनागत’ युनिटले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमा बारे जानकारी गराएको छ । मनोविज्ञानमा आधारित सिनेमाले एक परिवारको कथा देखाएको छ । परिवारमा शंका उत्पन्न भएपछी आउने परिस्थितिलाई सिनेमामा देखाइएको हो ।

‘लेटर’मार्फत् निर्देशनमा डेब्यु गरेका साम्तेन भुटियाले ‘अनागत’लाई निर्देशन गरेका हुन् । सिनेमामा अर्पण थापा, प्रियंका कार्की, प्रविन खतिवडा, रोसिन सुबेदी लगायतको अभिनय रहेको छ । सिनेमामा प्रियंका कार्की र अर्पण थापाले श्रीमान र श्रीमतीको भूमिका निर्वाह गरेका छन् । प्रचार सामाग्री रिलिज समारोहमा सिनेमाका मुख्य कलाकार अर्पण थापा , प्रियंका कार्की , प्रविन खतिवडा , रोसिन सुबेदी लगायत उपस्थित थिए ।

‘अनागत’को क्यारेक्टरबाट निस्किन मलाइ सहज भएन’ अर्पणले आफ्नो भूमिकालाई प्रस्ट्याउदै भने ‘मलाइ अभिनय गर्न मन लागेको सिनेमा हो , मेरो साइडबाट फरक स्वाद चाहने दर्शकको लागि सिनेमा खास छ ।’ अर्पण झैँ प्रियंका पनि अनागतबाट आशावादी छिन । ‘सिनेमाले एउटा परिवारमा श्रीमान र श्रीमती बीच शंखा उत्पन्न भएपछी आउने परिस्थितिलाई देखाउनेछ’ प्रियंका भन्छिन् ‘सिनेमाले पात्रलाई यथार्थसँग जोडेको छ ।’

सस्पेन्स थ्रिलर श्रेणीमा बनेको सिनेमालाई माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयमले संयुक्त रुपमा निर्माण गरेका हुन् । ‘यस सिनेमाले तपाइलाई एउटा घटना र अवस्था देखाउछ तर यसमा कमर्सियल तत्व भने छैनन्’ निर्देशक भुटिया भन्छन ‘एउटा फरक कथालाई हेर्न चाहनु हुन्छ भने मात्र अनागत तपाइको लागि उपयुक्त सिनेमा हो ।’ सिनेमालाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र निर्देशक भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।