रणबीर र आलिया स्टारर सिनेमा ‘गली ब्वाइ’को ट्रेलर रिलिज (भिडियो)

रणबीर र आलिया स्टारर सिनेमा ‘गली ब्वाइ’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रणबीर सिंह र आलिया भट्ट स्टारर सिनेमा ‘गली ब्वाइ’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा एउटा धनाड्य परिवारको छोरोले गलीमा र्याप गाउन संघर्ष गर्ने युवाको भुमिकामा देखिएका छन् । भने सिनेमामा आलिया उनकी प्रेमिकाको भुमिकामा देखिएकी छन् । सिनेमाको यसअधि सार्वजनिक र्याप गीत र पोस्टरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

जोया अख्तरले यो सिनेमाको निर्माण तथा निर्देशन गरेका हुन् । जोया र रणवीरको यो दास्रो सहकार्य हो । उनीहरुले यसअघि २०१५ मा ‘दिल धडकने दो’मा एकसाथ काम गरेका थिए । रणबीर अभिनीत ‘सिम्बा’ले अहिले पनि बलिउड बक्सअफिसमा बम्पर कमाई गरिरहेको छ । ‘गली ब्वाइ’को ट्रेलर रिलिजसँगै रणबीरको अर्को हिट सिनेमाको रुपमा यसलाई हेर्न थलिएको ।

१८ फेब्रुअरी ‘भ्यालेनटाइन्स डे’बाट विश्वभर रिलिज हुने सिनेमालाई एक्सल इन्टरटेनमेन्टको व्यानरमा फरहान अख्तर र रितेश सिधवानीले मिलेर निर्माण गरेका हुन् । सिनेमामा रणवीर आलियाका अलवा कल्की कोचलिनको मुख्य भुमिका रहेको छ । ‘गली ब्वाइ’मा रणबीरलाई र्यापर डिवाइनले र्याप गाउन सिकाएका हुने । यो सिनेमा उनकै जीवनीबाट प्रेरित भएर निर्माण गरिएको बलिउड मिडियाले लेखेका छन् ।