अनुपविक्रम र वर्षाको ‘पुरानो बुलेट’ वर्ल्ड प्रिमियर हङकङबाट

अनुपविक्रम र वर्षाको ‘पुरानो बुलेट’ वर्ल्ड प्रिमियर हङकङबाट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं चैत्र १ गतेबाट प्रदर्शनमा आउने अनुपबिक्रम शाही स्टारर सिनेमा हो ’पुरानो बुलेट’ । हाल पोष्ट प्रोडक्सनमा रहेको सिनेमाको नेपालभन्दा पहिले विदेशमा प्रदर्शन हुने पक्का भएको छ । निर्माण युनिटले हङकङमा सिनेमाको पहिलो प्रदर्शनी हुने जानकारी दिएको छ ।

निर्देशक भिषण राईका अनुसार सिनेमाको वर्ल्ड प्रिमियर हङकङबाट सुरु हुने निश्चित भएको बताए । प्राप्त जानकारी अनुसार आगामी फ्रेब्रुअरी २३ तारिखको साँझ ६ बजे हङकङको याउमातेई स्थित कम्युनिटी हलमा सिनेमाको वल्र्ड प्रिमियर हुनेछ ।

’हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ प्रर्दशन हुने सिनेमाको पहिलो शोमा डोनेसन गर्न चाहनेहरुबाट सङ्कलित रकम उक्त अभियानमा उलपब्ध गराइनेछ । हङकङमा रहेर पत्रकारितासँगै समाजसेवामा आफुलाई समाहित गरिरहेका अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता लिम्बुले ’पुरानो बुलेट’ प्रिमियरको जिम्मा लिएका छन् ।

पुर्वेली टिपिकल कथा र लोकेशनलाई थिम बनाउँदै निर्माण भएको सिनेमामा अनुप बिक्रम शाहीका अलवा बर्षा शिवाकोटी र माला लिम्बुको मुख्य भुमिका रहेको छ । ‘पुरानो बुलेट’मा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारहरुको पनि अभिनय हेर्न पाईने छ । सन्तोष राई कार्यकारी निर्माता रहेको सिनेमामा अशोककुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बुको लगमनी रहेको छ् ।

हरी घले लामाले छायांकन गरेको सिनेमा मार्फत भिषण राईले निर्देशनमा डेब्यू गरेका छन् । निर्देशक राईले लामो समयको रंग पत्रकारिता र सिनेमा समिक्षामा खारिएको अनुभव ‘पुरानो बुलेट’ निर्देशनमा खर्चिएको बताए । सिनेमाको सम्पुर्ण छायाँकन पुर्वी नेपालमा नै गरिएको छ ।