‘ए मेरो हजुर ३’को छायांकनको लागी अमेरिका उडे अनमोल

‘ए मेरो हजुर ३’को छायांकनको लागी अमेरिका उडे अनमोल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुपरस्टार अभिनेता अनमोल केसी मंगलबार राती अमेरिका उडेका छन् । सिनेमा ‘ए मेरो हजुर ३’को एक गीत र केही सिनको छायाँकनका लागि अनमोल अमेरिका उडेको बताइएको छ । ‘ए मेरो हजुर ३’को एक गीतको अभिनेता अनमोल र अभिनेत्री सुहाना थापालाई केन्द्रमा राखेर खिचिनेछ । निर्देशक तथा कलाकार झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहाना केही दिन पहिले नै अमेरिका पुगिसकेकी छन् ।

झरना थापाको निर्देशन रहेको ‘ए मेरो हजुर ३’ मा अनमोल केसी र सुहाना थापाकै मुख्य भुमिका रहेको छ । सुहानाले यसै सिनेमाबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । २९ चैतबाट सिनेमा प्रदर्शनमा आउँने बताइएको छ । सुहाना इन्टरटेनमेन्टको र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई संजय लामाले छायांकन गरेका हुन् ।

सिनेमामा अनमोल र सुहानाका अलवा सलोन बस्नेत, अर्पण थापा लगायतका कलाकारको पनि अभिनय रहेको छ । यस्तै अनमोलले अमेरिका उड्नु अघि आफुले मिलन चाम्सको ‘ब्याचलर बन्टी’ सहमती मै छोडेको बताए । उनले भने, मैले कथालाई नराम्रो भनेको होइन्, मलाई मेरो भुमिका फिट देखिन त्यसैले मात्रै सवैको सहमतीमा सिनेमाबाट हात झिकेको हुँ । मैले ‘ब्याचलर बन्टी’ स्कृप्ट र हिरोइन चित्त नबुझेर छोडेको भन्ने हल्ला मात्रै हो ।