एक्सन लभस्टोरी ‘रणवीर’ पोस्टर सार्वजनिक

एक्सन लभस्टोरी ‘रणवीर’ पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स , काठमाडौं – माघ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको एक्सन लभस्टोरी सिनेमा ‘रणवीर’को पोस्टर सार्वजनिक गरिएको छ । मुख्य पात्रबीचको माया र प्रेमभावलाई झल्काउने गरी सिनेमा ’रणवीर’को मुख्य कलाकारलाई समावेश पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक एक पोस्टरमा नायक सुशील सिटौला, डेब्यु गर्ल सुबेक्षा खड्का, सुपुस्पा भट्ट र प्रशान्त ताम्राकारलाई स्थान दिइएको छ । भने बाँकी तीन पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार सुशील, सुवेक्षा र सुपुष्पालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

सिनेमा कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको निर्माता दिपेन्द्र रेग्मीले बताएका छन् । यही सिनेमाका लागि सुशील सिटौलाले आफ्नो शारीरिक बनावटमा पनि परिवर्तन ल्याएका छन् । झन्डै ६ महिनाको मेहनतपछि सुशील ‘रणवीर’ बन्न योग्य भएको सुशीलले बताए । साथै सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षा र सुपुष्पाले यसै सिनेमा मार्फत डेब्यु गर्दै्छन् ।

सिनेमा माया, प्रेम,मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । सिनेमालाई प्राची फिल्मस् र डिआर फिल्मस्को संयुक्त ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले मिलेर निर्माण गरेका हुन् । गोविन्दसिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको सिनेमामा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा , टिका पहाडी बसन्ती भाट। शैलेश्वरी सिंह लगायतका कलाकारको पनि अभिनय रहेको छ ।