नयाँ सिनेमाका लागी कडा मेहनत गर्दै आमिर

नयाँ सिनेमाका लागी कडा मेहनत गर्दै आमिर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडमा मिस्टर प्रर्फेक्टका नामबाट चिनिने अभिनेता हुन् आमिर खान । आमिरले अभिनय गरेको पछिल्लो सिनेमा ‘ठग्स अफ हिन्दोस्तान’ बक्सअफिसमा फ्लप भएको छ । यो सिनेमालाई आमिर खानको करिअरकै सवैभन्दा कमजोर सिनेमा भनेर चर्चा बलिउड मिडियामा भएको थियो । उनै आमिर अहिले आफ्नो आगामी सिनेमाको काममा व्यस्त छन् ।

आमिरलाई बलिउडमा आफ्नो भूमिकाका लागि आफूलाई फिट राख्न प्रर्फेक्ट कलाकारको रुपमा चिनिनछन् । तौल घटाउन होस् या बढाउन होस् । उनी कहिल्यै पछाडि हट्दैनन् । बलिउड मिडियामा प्रकाशीत समाचारका अनुसार आमिर नयाँ प्रोजेक्टका लागि यतिबेला कडा डाइटिङ गरिरहेका छन् ।

‘म पहिला धेरै खानेकुरा खान रुचाउँथे । तर यो बेला नयाँ सिनेमाको कारण अहिले म कडा डाइटिङमा छु । म पुरानै आकारमा आउन थालिसकेको छु’, उनले भनेका छन्, ‘म त्यो कुन सिनेमा हो भनेर नाम बताउँदिन । तर यो मेहनत भने नयाँ फिल्मका लागि पक्कै हो ।’

आमिर ‘महाभारत’ नामक वेब सिरिज निर्माण गर्दैछन् । यसलाई ८ भागको बनाइनेछ । समाचार अनुसार आमिर सिरिजमा भगवान कृष्णको भूमिकामा देखिँदैछन् ।