भ्रष्टाचार रोक्न प्रेमको ठुलो भुमिका हुन्छ : मनोज गजुरेल

भ्रष्टाचार रोक्न प्रेमको ठुलो भुमिका हुन्छ : मनोज गजुरेल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘सयकडा दश’ निर्माण टिमले मंगलबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । भ्रष्टाचार विरुद्धको प्रेम भन्ने मुलनाराका साथ निर्माण भएको सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका हुन् । यहि सिनेमाबाट हाँस्य कलाकार मनोज गजुरेल, नायिका करुणा श्रेष्ठ र बर्मेली अभिनेत्री सोनिया राईले यही सिनेमाबाट डेब्यु गर्दैछन् ।

हाँस्य कलाकार मनोज गजुरेलले सिनेमाको बारेमा पत्रकारसँग कुरा गर्दै हरेक व्याक्तीमा भ्रष्ट आचरण हुने बताए । तर कुनैपनि व्याक्तीले गरिरहेको भष्ट आचारणलाई निर्मुल पार्न प्रेमको ठुलो भुमिका हुने भएकाले प्रेमले कसरी भष्टाचारलाई कम गर्न सहयोग गर्छ भन्ने ‘सयकडा दश’मा देख्न पाइने उनको भनाइ छ । पछिल्लो समय नेपालमा ब्याप्त भ्रष्टाचारको कथा सिनेमाले उठाएकाले पनि रामशरण पाठकको सिनेमा खेल्न गरेको अफरलाई आफुले स्वीकार गरेको बताए । पछिल्लो समय नेपालमा हाँस्य कलाकारको सिनेमा सफल भैरहेको बेला ‘सयकडा दश’ले दर्शकलाई पुर्ण मनोरञ्जनका साथै समाज परिर्वतनको सन्देश दिने विश्वास व्यक्त गरे ।

आफ्नो आगामी सिनेमा करियर र निर्माता बाँच्नको लागी पनि ‘सयकडा दश’ चल्नु पर्ने उनको भनाई छ । मैले हाँस्य व्यंग्य क्षेत्रमा राम्रो नाम र दाम दुवै कमाएको छु तर ठुलो पर्दामा भने यो नै मेरो पहिलो परिक्षा भएको उनले बताए । यदि आफुलाई दर्शकले पास मार्क दिएको खण्डमा आगामी दिनमा पनि ‘सयकडा दश’ जस्तो सन्देश मुलकका साथै हाँस्यरसका सिनेमामा काम गर्ने चाहाना उनमा रहेको सुनाए । आफुले सिनेमामा रमाइलो र पैसाको लागी भन्दा पनि देश र समाज परिर्वतनका लागी थौरै भएपनि सन्देश दिने सिनेमा आफ्नो प्रथामिकतामा पर्ने गर्दछन् । त्यसैले पनि आफुले आजसम्म सिनेमामा काम नगरेको उनले खुलाए ।

आफ्नो सिनेमा ‘सयकडा दश’ले समाज परिर्वतनका साथै युवा पुस्ताको प्रेमकथा पनि उठाएको छ । सयकडा दश अन्य वर्गका दर्शकले भन्दापनि युवा पुस्ताका दर्शकले हेर्न पर्ने सिनेमा बनेको उनले बताए । ‘सयकडा दश’ पैसा कमाउनका लागी भन्दा पनि समाज परिर्वतको लागी निर्माण भएको सिनेमा हो । दर्शन नेपाल क्रियसन र डिआर म्युजिकको संयुक्त व्यानरमा निर्माण भएको सिनेमालाई रज्जु प्रधानको प्रस्तुतीमा निर्माण भएको हो ।

बरिष्ठ कलाकार राजाराम पौडेल यही सिनेमाबाट पहिलो पटक कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेका छन् । सिनेमामा डाक्टर डिआस उपाध्याय, संजीव न्यौपाने, उत्तम खत्रीको लगानी रहेको छ । सिनेमामा मनोज गजुरेलका अलवा अमृत ढुगांना, करुणा श्रेष्ठ, सोनिया राई, राजाराम पौडेल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, रवी डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।