सुशान्त र भूमि स्टारर ‘सोनचिडिया’ ट्रेलर रिलिज (भिडियो)

सुशान्त र भूमि स्टारर ‘सोनचिडिया’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतको मध्ये प्रदेशको चंबलका बिद्रोहीहरुको जीवनीमा आधारित सिनेमा ‘सोनचिडिया’को ट्रेलर सार्वजनिक गरिएको छ । सुशान्त सिंह रातपुत र भूमि पेडनेकर स्टारर सिनेमाको सार्वजनिक ट्रेलरले बलिउडमा निकै चर्चा पाइरहेको छ । ट्रेलरमा समावेश डाइलगलाई दर्शकले उत्कृष्ट बताएका छन् ।

‘सोनचिडिया’मा सुशान्त सिंह राजपुत, मनोज बाजपेयी र भूमि पेडनेकर चंबलको बिद्रोहीको भुमिकामा देखिएका छन् । बलिउडकर्मी र दर्शकले सुशान्त, मनोज र भूमीको फरक गेटअपको चर्चा गरेको बलिउड मिडियाले लेखेका छन् । ८ फेब्रुअरीबाट विश्वभर रिलिज हुने सिनेमालाई अभिषेक चौबेले निर्देशन गरेका हुन् ।

रोनी स्कुवालाले निर्माण गरेको सिनेमा ट्रेलर र पोस्टरमा एक ट्यागलाइन दिइएको छ, बैरी बेइमान बागी सावधान । चंबलमा छायांकन गरिएको सिनेमामा आशुतोष राणा र रणवीर शौरीको पनि मुख्य भुमिका रहेको छ । सिनेमाको यसअघि सार्वजनिक टिजर र पोस्टरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो ।