‘विर विक्रम २’को पहिलो गीत ‘पिरतीको मिठो तिर्सना’ रिलिज (भिडियो)

‘विर विक्रम २’को पहिलो गीत ‘पिरतीको मिठो तिर्सना’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘विर विक्रम २’को पहिलो गीत सार्वजनिक गरिएको छ । मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको सिनेमाको सार्वजनिक गीतमा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेनलाई फिचर्ड गरिएको छ । ‘पिरतीको मिठो तिर्सना…’ बोलको गीतमा रञ्जीत गजमेरको संगीत रहेको गीतको रिमेक भर्सनमा ताराप्रकाश लिम्बु र मेलिना राईको स्वर छ ।

‘देउता’ सिनेमाको सुपरहिट गीतको शब्द भेट्रान निर्देशक तुलसी घिमिरे र कुसुम गजमेरले लेखेका हुन् । यो गीतको आर्जिनल भर्सनमा भारती घिमिरे र इन्द्रजित मिजारको स्वर रहेको छ । निर्देशक मिलन चाम्सले यो गीतलाई ओर्जिनल भर्सनको भिडियो भन्दा धेरै फरक बनाउन प्रयास गरेको बताए । मिलनका अनुसार मुस्ताङमा खिचिएको यो गीतमा मात्रै करिब २३ लाख बढी खर्च भएको सुनाए ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको सिनेमामा अर्पण सापकोटा सह निर्माता रहेका छन् । सिनेमामा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको गीतमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिने छ ।

सिनेमामा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ ।