‘एक्सन प्याक्ड’ले भरिएको ‘प्रेमनाथ’को ट्रेलर रिलिज (भिडियो)

‘एक्सन प्याक्ड’ले भरिएको ‘प्रेमनाथ’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चैत्र २२ गतेलाई प्रदर्शन मिती फाइनल गरिएको सिनेमा ‘प्रेमनाथ’को ट्रेलर तथा पोस्टर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको पोस्टर तथा ट्रेलर सार्वजनिक गरिएको हो । २५ सय वर्ष अगाडिको पौराणिक प्रेमकथामा निर्माण भएको ‘प्रेमनाथ’ को ट्रेलरमा एक्सन , लभस्टोरीलाई स्थान दिइएको छ ।

सिनेमाको पोस्टरमा लिड कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । ट्रेलर भने संवाद विहीन छ । निर्देशक गणेश वेलबासेले सिनेमामा आधुनिक र २५ सय वर्ष अगाडिको प्रेमकथा घोलिएको बताए ।

‘प्रेमनाथ’ बाट राज थापा र कृति गौतमले डेब्यु गरेका छन् । उनीहरु सिनेमालाई लिएर उत्साहित देखिएका छन् । दुवैले सिनेमाको कथावस्तु मन परेर काम गर्न राजी भएको बताए । गुह्रेश्वरी वेलबासे निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा कपिल प्रसाद द्वा हुन् ।

सुमन कार्की, सुरज पाण्डे र सञ्जय सहानीको संयूक्त छायांकन रहेको सिनेमामा राज थापा र कृति गौतमका अलावा सुरविर पण्डित, गतिज विष्ट, मोनालिसा विष्ट, गणेश बेलबासे, शेखर जंग मल्ललगायतका कलाकारहरुको अभिनय रहेको छ ।