‘सिम्बा’मा रोहितले घोषणा गरेका पाँच सिनेमा

‘सिम्बा’मा रोहितले घोषणा गरेका पाँच सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नयाँ वर्षको अवसरमा रिलिज भएको सिनेमा ‘सिम्बा’ निर्देशक रोहित सेठ्ठीले आगामी ५ वर्षमा निर्माण तथा निर्देशन गर्ने पाँच सिनेमा घोषणा गरेका छन् । उनले निर्देशन गरेको प्रदर्शनरत सिनेमा ‘सिम्बा’मा आफुले निर्माण तथा निर्देशन गर्ने पाँच सिनेमाको जानकारी दिएका छन् । रणवीर सिंह र सारा अलि सान स्टारर सिनेमा ‘सिम्बा’ले अहिले बलिउड बक्सअफिसमा कमालको व्यापार गरिरहेको छ ।

‘सिम्बा’ले आफ्नो प्रदर्शनको पाँचौं दिनमा सय करोड क्लबमा समेत स्थान जमाएको छ । बलिउड पण्डितका अनुसार ‘सिम्बा’ले दुई करोड क्लबमा सजिलै प्रवेश पाउने जनाएका छन् । यस्तैमा निर्देशक रोहितले सिम्बामा घोषणा गरेका पाँच सिनेमाको पनि अहिले निकै चर्चा बलिउड मिडियाले गरिरहेका छन् । यि हुन् रोहित सेठ्ठीले घोषणा गरेका पाँच सिनेमाहरु :-

१.) सुर्यवंशी : निर्देशक रोहित सेठीले सिम्बामा बलिउडमा खेलाडी एक्टर अक्षय कुमारलाई ‘सुर्यवंशी’ पुलिस अफिसरको रुपमा भित्राएका छन् । ‘सुर्यवंशी’ रोहितको वर्ष २०१९ मा बन्ने सिनेमा हो, जसमा अक्षय र रोहितले टिमअप गरेका छन् । ‘सुर्यवंशी’मा अक्षय कुमार पुलिस अफिसरको रुपमा देखिनेछन् ।

२.) सिघंम ३ : ‘सिम्बा’मा निर्देशक रोहित सेठ्ठीले बाजिराज सिघंम अजय देवगनलाई समेत इन्ट्री गराएका छन् । ‘सिम्बा’मा अजयलाई सिघंमकै रुपमा प्रस्तुत गराएका छन् । त्यसैले पनि दर्शकलाई यो बुझ्न गाह्रो भएन कि उनले सुर्यवंशी पश्चात ‘सिघंम ३’ बनाउँदै छन् । यो सिनेमाको काम पनि रोहितले चाँडै सुरु गर्ने बलिउडले समाचार प्रकाशन गरेका छन् ।

३.) गोलमाल ५ : रोहिले सेठ्ठीले सिनेमाको हिट गीत आँख मारेमा गोलमाल बोइजलाई इन्ट्री गराएका छन् । गीतको एक दृश्यमा गोलमाल बोइजले हातका पाँच औला देखाउँदै चाँडै गोलमाल ५ बन्ने जानकारी दिएका छन् । गोलमालका हरेक सिरिज दर्शकका लागी प्रतिक्षीत हुने गर्दैछन् ।

४.) सिम्बा २ : ‘सिम्बा’ सुपरहिट भए पश्चात निर्देशक रोहित सेठ्ठीले यसको सिक्वेल बनाउने पक्का भएको छ । यो सिनेमाको सिक्वेल बनाउने घोषणा निर्माता करण जोहर र निर्देशक रोहित सेठ्ठीले ‘सिम्बा’ रिलिज भन्दा पहिले नै गरेका थिए । सिनेमाले बम्पर व्यापार गरे पश्चात सिक्वेल बन्ने पक्का भएको बलिउड मिडियाले जनाएका छन् ।

५.) रणवीर, अक्षय र अजयको टिमअप (अनटाइटल) : सिम्बामा रोहितले रणवीर सिंह, अक्षय कुमार र अजय देवगणलाई प्रस्तुत गरेका छन् । सिनेमा हेर्दा यस्तो लाग्छ, कि यी तीनै पुलिस अफिसरको कहिँ कतै कनेक्सन जस्तो लाग्छ । त्यसैले पनि दर्शकलाई यो बुझ्न गाह्रो पर्दैन । राहितले यि तीनै स्टारर कलाकारलाई एउटै पर्दामा देखाउने तयारी गरिरहेका छन् । यदी यो सिनेमा निर्माण भएको खण्डमा बलिउड बक्सअफिसमा बम्पर ब्यापार गर्नेमा दुई मतै छैन् ।