‘सञ्जु’देखि ‘सिम्बा’सम्म बलिउडका सार्वाधिक नाफा कमाउने सिनेमाहरु !

‘सञ्जु’देखि ‘सिम्बा’सम्म बलिउडका सार्वाधिक नाफा कमाउने सिनेमाहरु !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काडमाडौं – बलिउड सिनेमा उद्योगले सन २०१८ लाई बिदाई गर्दै सन २०१९ लाई स्वागत गरिरहेको छ । यस्तै बलिउडका लागी वर्ष २०१८ सुखद रहेको छ । यो वर्ष बलिउडले थुप्रै सफल सिनेमा पाएको छ । भने बलिउमा यो वर्ष ठुला स्टारलाई भने झड्का लागेको छ । विषेश गरि बलिउडमा वषौंदेखि राज गरिरहेका तीन खानलाई यो वर्ष फापेन ।

वर्ष २०१८ मा ठुला स्टार सलमान खानको ‘रेश ३’बाट सुरु भएको फ्लप यात्रा आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ हुँदै शाहरुख खानको ‘जिरो’सम्म आएर टुङ्गीएको छ । यो वर्ष बलिउडमा दुई रणबीर निकै चम्किए । रणवीर कपुर अभिनित ‘सञ्जु’ वर्षकै सर्वाधिक कमाउने सिनेमा बन्यो । भने रणवीर सिंह अभिनीत सिनेमा ‘पद्मावत’ले तीन सय करोड क्लवमा प्रवेश भयो । यस्तै वर्षको अन्तिम साता प्रदर्शनमा आएको सिनेमा ‘सिम्बा’ले अहिले बलिउड बक्सअफिसमा उधुम मच्चाई रहेको छ ।

यस्तै रमाइलो के भने यो वर्ष ठुला ब्यानर र नाम चलेका स्टाररका सिनेमा असफल हुँदा साना तर कन्टेन बलियो मानियका सिनेमाले बलिउडमा राम्रो ब्यापार गरे । आयुष्मान खुरानाको ‘बधाई हो’, श्रद्धा कपुर र राजकुमार रावको ‘स्त्री’, आलिया भट्ट र विक्की कौशलको ‘राजी’, कार्तिक आर्यनको ‘सोनू के टिटुकी स्वीटी’ले जस्ता साना बजेटका सिनेमाले उत्कृष्ट ब्यापार गरेका छन् ।

यी हुन बलिउडमा सर्वाधिक नाफा कमाउने १० सिनेमाहरु :-

१.) स्त्री : अमर कौशिकको निर्देशनमा तयार भएको सिनेमा स्त्री यो वर्षको सर्वाधिक नाफा कमाउने सिनेमाको पहिलो नम्बरमा छ । राजकुमार राव, श्रद्धा कपुर, पंकज त्रिपाठी, अपारशक्ति खुराना, अभिषेक बनर्जी लयागतका कलाकारको अभिनय रहेको सिनेमाको लगानी जम्मा २० करोड भारु मात्रै थियो । यो सिनेमाले बलिउड बक्सअफिसमा १ सय २९ करोड माथीको ब्यापार गर्दै सर्वाधिक ५४८ः३५ प्रतीशत नाफा कमाएको छ ।

२.) बधाई हो : यस्तै यो वर्ष सार्वाधिक नाफा कमाउन सिनेमाको दोस्रो नम्बरमा आयुष्मान खुराना स्टारर सिनेमा बधाई हो रहेको छ । अमित रविन्द्रनाथ शर्माले निर्दे गरेको सिनेमामा आयुष्मान खुरानाका अलवा, नैना गुप्ता, सान्या मल्होत्रा, सुरेखा सिक्री, गजराज राव लगायतका कलाकारको अभिनय रहेको छ । बाइस करोड भारुमा निर्माण भएको सिनेमाले बलिउड बक्सअफिसमा १ सय ३६ करोड माथीको ब्यापार गरेको थियो । यो सिनेमाको कुल नाफा ५२१.८१ प्रतिसत हुन आउछ ।

३.) सोनू के टिटुकी स्वीटी : सर्वाधिक नाफा नमाउने सिनेमाको तेस्रो नम्बरमा कार्तिक आर्यन स्टारर सिनेमा सोनू के टिटुकी स्वीटी रहेको छ । यो सिनेमालाई लभ रञ्जनले निर्देशन गरेका हुन् । सिनेमामा कार्तिक आर्यनका अलवा, नुसरत भरूचा, सन्नी सिंह, आलोक नाथ, विरेन्द्र सक्सेना लगायतका कलाकारको अभिनय रहेको छ । चौबिस करोड भारुको बजेटमा निर्माण भएको सिनेमाले बलिउड बक्सअफिसमा १ सय ८ करोड माथीको ब्यापार गरेको थियो । सोनू के टिटुकी स्वीटीको नाफा ३५२.९५ प्रतिसत हुन आउछ ।

४.) सञ्जु : बलिउडमा विवादित छवि बनाएका अभिनेता संजय दत्तको बोयोपिक हो सञ्जु । राजकुमार हिरानीले निर्माण तथा निर्देशनमा तयार भएको सिनेमा सञ्जु वर्षकै सर्वाधिक नाफा कमाउने सिनेमाको चौथो नम्बरमा रहेको छ । यो सिनेमामा रणवीर कपुर, सोनम कपुर, दिया मिर्जा, करिष्मा तन्ना, अनुष्का शर्मा, परेश रावल, मनिषा कोइराला, विक्की कौशल लगायतका कलाकारको अभिनय रहेको छ । ८० करोड भारुको बजेटमा निर्माण भएको यो सिनेमाले बर्षकै सार्वाधिक ३ सय ४१ करोड करोबार बलिउड बक्सअफिसमा गरेको छ । यसरी हेर्दा सञ्जुले ३२६.५२ प्रतिसत नाफा कमाएको छ ।

५.) राजी : यो वर्षको सर्वाधिक नाफा कमाउने सिनेमाको पाचौं नम्बरमा आलिया भट्ट स्टारर सिनेमा राजी रहेको छ । यो सिनेमालाई मेगना गुल्जारले निर्देशन गरेकी हुन् । पाकिस्तान र भारतको युद्ध र जासुसीको कथामा निर्माण भएको सिनेमामा आलिया भट्टका अलवा विक्की कौशल, रञ्जीत कपुर, शिशिर शर्मा, जयदीप अलवात लगायतका कलाकारको अभिनय रहेको छ । तीस करोड भारुको बजेटका निर्माण भएको सिनेमाले बलिउड बक्सअफिसमा १ सय २३ करोड माथी कमाई गरेको छ । राजीले नेट ३१०:५६ प्रतिसत नाफा कमाउन सफल भएको छ ।

६.) अन्धाधुन : सर्वाधिक नाफा कमाउने सिनेमाको छैठौं नम्बरमा पनि आयुष्मान खुराना स्टारर दोस्रो सिनेमा अन्धाधुन छ । यो सिनेमालाई श्रराम राघवनले निर्देशन गरेका हुन् । सिनेमामा आयुष्मान खुरानाका अलवा तब्बु, राधिका आप्टे, मावन विज, अनिल धवन लगायतका कलाकारको अभिनय रहेको छ । बिस करोड भारुमा निर्माण भएको सिनेमाले बलिउड बक्सअफिसमा ७२ करोड माथीको व्यापार गरेको छ । यो सिनेमाले नेट २६२.५० प्रतिशत नाफा कमाएको छ ।

७.) बागी २ : टाइगर श्राफ स्टारर सिनेमा बागी २ यो वर्षको सर्वाधिक कमाउने सिनेमाको सातौं नम्बरमा रहेको छ । साजिद नाडियालले निर्माण भएको सिनेमालाई अहमद खानले निर्देशन गरेका हुन् । यो सिनेमामा टाइगरका अलवा दिशा पटानी, मनोा वाजपेयी, रणदीप हुड्डा, प्रतिक बाबर लगायतका कलाकारको अभिनय रहेको छ । साठी करोड भारुको बजेटमा निर्माण भएको सिनेमाले बलिउड बक्सअफिसमा १ सय ६५ करोड माथीको व्यापार गरेको छ । बागी २को खुद नाफा १७५ प्रतिसत हुन आउछ ।

८.) २.० (हिंन्दी) : रजनीकान्त र अक्षय कुमार स्टारर सिनेमा २ः० यो वर्षको सर्वाधिक कमाउने सिनेमाको आठौं नम्बरमा छ । तेलेगु सिनेमाका निर्देश शंकरले निर्देश गरेको सिनेमामा यमी ज्याक्सनको पनि मुख्य भुमिका रहेको छ । पचहत्तर करोड भारुमा निर्माण भएको हिंन्दी भर्सनले बलिउड बक्सअफिसमा १ सय ८८ करोड माथीको व्यापार गरेको छ । यो सिनेमाको खुद नाफा प्रतिशत १५०.६६ प्रतिसत हुन आउछ ।

९.) हिच्की : छोरीलाई जन्म दिए पश्चात लामो समयपछि ठुलो पर्दामा फकिएकी अभिनेत्री रानी मुखर्जी स्टारर सिनेमा हिच्की यो वर्ष सार्वधिक कमाउने सिनेमाको नवौं नम्बरमा रहेको छ । यशराज फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई सिद्धार्थ पि मल्होत्राले निर्देशन गरेका हुन् । सिनेमामा रानीका अलवा निरज कवी, सचिन पिंगोनकर लगायतका कलाकारको अभिनय रहेको छ । बिस करोड भारुमा निर्माण भएको सिनेमाले बलिउड बक्सअफिसमा ४६ करोड माथीको व्यापार गरेको थियो । यो सिनेमाको खुद नाफा १३०.८५ प्रतिसत छ ।

१०.) विरे दि वेडिङ : सोनम कपुरले निर्माण भएको सिनेमा विरे दि वेडिङ उनले विहे गरे पश्चात रिलिज भएको पहिलो सिनेमा हो । यो सिनेमालाई शशांक घोषले निर्देशन गरेका हुन् । सिनेमामा सोनम कपुर, करिना कपुर, स्वार भाष्कर, शिख तल्सनिया, सुनित भ्यास, मनोज पहवा लगायतका कलाकारको अभिनय रहेको छ । पैतिस करोड भारु बजेटमा निर्माण भएको सिनेमाले बलिउड बक्सअफिसमा ८० करोड माथीको व्यापार गरेको छ । यो सिनेमाको खुद नाफा १२९.२२ प्रतिसन हुन आउछ ।

यी लगायतका अन्य थुप्रै सिनेमाहरु ‘सत्येमे जयते’, ‘प्रमाणु’, ‘रेड’, ‘प्याडम्यान’, ‘सुई धागा’, ‘धडक’लगायतका सिनेमाले बलिउड बक्सअफिसमा राम्रो कमाई गरेका थिए । यस्तै वर्षको अन्तिम सातामा रिलिज भएको सिनेमा ‘सिम्बा’ले पनि राम्रो कमाई गरिरहेको छ । यो सिनेमाले बक्सअफिसमा २०० करोड माथीको कारोबार गर्ने बलिउड पण्डित को भनाई रहेको छ ।