‘गोपी’को दोस्रो गीत ‘तेरो आफ्नो’ रिलिज (भिडियो)

‘गोपी’को दोस्रो गीत ‘तेरो आफ्नो’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘घामपानी’ फेम्ड निर्देशक दीपेन्द्र लामा निर्देशीत दोस्रो सिनेमा ‘गोपी’को गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रको आयोजना गरि निर्माण टिमले ‘तेरो आफ्नो…..’ बोलको गीत सार्वजनिक गरेको हो । माघ १८ गतेबाट रिलिज हुने सिनेमाको गीतमा विप्लप प्रतिकको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा शिव परियारको स्वर छ ।

‘गोपी’ निर्देशक दीपेन्द्र लामाको दोस्रो निर्देशकीए फिचर सिनेमा हो । उनले निर्देशन गरेको पहिलो सिनेमा ‘घामपानी’ले समिक्षक तथा मिडियाबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । निर्देशक लामाका अनुसार आफ्नो टिमले सिनेमालाई उत्कृष्ट बनाउनमा कुनै कसुर बाँकी नराखेको बताए । फोटो पत्रकार श्रीधर पौडेल कार्यकारी निर्माता रहेको सिनेमालाई आरोही इन्टरटेनमेन्टको ब्यानरमा आरोही केसीले निर्माण गरेकी हुन् ।

‘गोपी’मा विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्का, भोलाराज सापकोटा, प्रकाश घिमिरे, कुन्ति सिमली, हिउँवाला गौतम, रमेश अधिकारी, सरोज अर्याल, केशव राई, कमलमणी नेपाल, अपुर्व गौतम लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

सिनेमामा निर्देशक दीपेन्द्र लामाको कथा, सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद, रवि न्यौपानेको छायांकन, शैलेन्द्र डि कार्कीको डिओपी, गोविन्द राईको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।