रणबीर र सारा स्टारर ‘सिम्बा’को बक्सअफिसमा बम्पर कमाई

रणबीर र सारा स्टारर ‘सिम्बा’को बक्सअफिसमा बम्पर कमाई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘सिम्बा’ले बलिउड बक्सअफिसमा उछाल ल्याएको छ । समिक्षक, सिनेमाकर्मी र मिडियाबाट पाएको वर्ड अफ माउथले सिनेमाले बक्सअफिसमा कमालको व्यापार गरिरहेको छ । सिनेमाका मुख्य पात्र रणबीर सिंहको अभिनयले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

सिक्बाले पहिलो दिन बलिउड बक्सअफिसमा २०.७२ करोड ओपनिङ गरेको थियो । भने सिनमाले दोस्रो दिन शनिबार २३.३३ करोड र आइतबार ३१.०६ करोडको कारोबार गरेको छ । सिनेमाले विकेन्डमा ७५.११ करोडको कारोबार गरेको बलिउडका ट्रेड एनालिष्ट तरण आदर्शले ट्विट गरेका छन् । यहि रफ्तारमा कमाई गरे सिनेमाले २०० करोड बढिको कारोबार गर्ने बलिउड पण्डितहरुले जनाएका छन् ।

रोहित सेठ्ठीको निर्देशनमा तयार भएको सिनेमामा रणबीरका अलवा सारा अली खान, सोनु सुद, सिद्धार्थ जाधव, आशुतोष राना लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने अजय देवगण र अक्षय कुमारको केमियो रोल सिनेमामा रहेको छ । ‘केदारनाथ’बाट उत्कृष्ट प्रतिक्रिया बटुलेकी सारा अलि खान ‘सिम्बा’मा रणबीर सिहंको छायाँमा परेको चर्चा बलिउड मिडियाले गरेका छन् ।