दयाहाङ स्टारर ‘मिस्टर झोले’ युट्युबमा रिलिज (पुरा सिनेमा)

दयाहाङ स्टारर ‘मिस्टर झोले’ युट्युबमा रिलिज (पुरा सिनेमा)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गतवर्षको सफल सिनेमा ‘मिस्टर झोले’ युट्युबमा सार्वजनिक गरिएको छ । १ घण्टा ४६ मिनेट लामो सिनेमा हाइ-टच इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । ‘मिस्टर झोले’ सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको हो । यो सिनेमालाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

‘मिस्टर झोले’मा दयाहाङ राई, दीया पुन, बुद्धि तामाङ, विजय बराल, वर्षा राउत, प्रविन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, माओत्से गुरुङ, पुष्कर गुरुङ, निरु खड्का, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ । टेकेन खड्काको निर्माता रहेको सिनेमामा हाइलाइट नेपाल सह-निर्माताको रुपमा रहेको छ ।