रजनीकान्त स्टारर सिनेमा ‘पेटा’को ट्रेलर रिलिज (भिडियो)

रजनीकान्त स्टारर सिनेमा ‘पेटा’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउथ सुपरस्टार रजनीकान्त अभिनीत १६५ औं सिनेमा ‘पेटा’को ट्रेलर सार्वजनिक गरिएको छ । रजनीकान्त अभिनीत सिनेमा ‘२.०’को सफलता पश्चात यो सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । मल्टिस्टारर सिनेमा पेटा नयाँ वर्ष २०१८ को जनवरी १० तारिखबाट विश्वव्यापी रिलिज हुदैछ ।

सिनेमामा रजनीकान्तका अलवा नवाजुद्दीन सिद्दीकी, तृषा बाबी सिम्हा, विजय सेदुपती, सिमरन बग्गाको मुख्य भुमिका रहेको छ । फ्यानलाई नयाँ वर्ष २०१९को उपहार स्वरुप सिनेमाको ट्रेलर सार्वजनिक गरिएको निर्माण टिमले जनाएको छ । यो सिनेमामा नवाजुद्दीनलाई भिलेनको रुपमा देख्न सकिने छ ।

कार्तिक शुभराजको लेखन तथा निर्देशन रहेको सिनेमामा रजनीकान्तलाई १९९० को दशकको युवाको भुमिकामा देख्न सकिन्छ । ‘पेटा’मा रजनीकान्त र सिमरा बाग्गाको लभ रोमान्स र एक्सनलाई विशेष फोकस गरिएको छ । दर्शकले रजनीकान्तको ग्याङस्टार लुक्सलाई मन पराउनेमा निमार्ण टिम ढुक्क छ ।