शुक्रबार नेपाली सिनेमा हलमा बलिउड सिनेमा ‘सिम्बा’ सिंगल रिलिज

शुक्रबार नेपाली सिनेमा हलमा बलिउड सिनेमा ‘सिम्बा’ सिंगल रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पौष १३ गते आज शुक्रबारदेखि नेपाली सिनेमा घरमा बलिउड सिनेमा ‘सिम्बा’ सिगंल रिलिज भएको छ । विगत केही हप्ता देखि नेपाली सिनेमाहलमा बलिउड र हलिउड सिनेमाको दबदबा रहेको छ । मंसिर २८ मात्रै तीन नेपाली सिनेमा हलमा रिलिज भएका थिए । ती तीन ओटै सिनेमाले बक्सअफिसमा राम्रो सुरुवात गर्न नसेको कारण पनि नेपाली सिनेमा घरमा फ्रेस नेपाली सिनेमाको अभवा खड्कीएको छ ।

पौष ८ गते अर्थात गत शुक्रबारबाट बलिउड सुपरस्टार शाहरुख खान अभिनित सिनेमा ‘जिरो’ र हलिउडको ठुलो सिनेमा ‘एक्वाम्यान’ प्रदर्शनमा आएका थिए । जसले गर्दा कुनैपनि नेपाली सिनेमाका निर्माता निर्देशकले आफ्नो सिनेमा त्यो मितीमा प्रदर्शन गर्ने हिम्मत जुटाउन सकेनन् । जसको फाइदा नेपाली सिनेमा हलमा बलिउड र हलिउड सिनेमाले उठाए ।

यस्तै यो शुक्रबार पनि बलिउडको प्रतिक्षीत सिनेमा ‘सिम्बा’ प्रदर्शन हुने भएकाले पनि कुनै ठुला ब्यानर र कलाकारको सिनेमा यो मितीमा प्रदर्शनमा आउन सकेनन् । जसको प्रत्यक्ष फाइदा रोहित सेठ्ठी निर्देशन र रणबीर सिंह र सारा अली खान स्टारर सिनेमा सिम्बाले उठाएको छ ।

हुन त नेपालमा बलिउड र हलिउडका ठुला स्टाररका सिनेमा रिलिज हुँदा नेपाली सिनेमाले कम शो पाउनुका साथै हलपनि थोरै दिने भएकाले नेपाली सिनेमाका निर्माता निर्देशकले जोखिम मोलर आफ्नो लगानी डुबाउन नचाहेको बुझ्न गाह्रो छैन् । तरपनि यसरी कहिलेसम्म नेपाली सिनेमाका निर्माता निर्देशकले बलिउड र हलिउड सिनेमालाई एकाधिकार दिने भनेर सोच्ने बेला अब भएन र निर्माता र निर्देशक ज्यु ?