‘जानी नजानी’को पहिलो गीत ‘एउटीलाई मुटुमा घर’ रिलिज (भिडियो)

‘जानी नजानी’को पहिलो गीत ‘एउटीलाई मुटुमा घर’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘जानी नजानी’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार निर्माण युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको गीत सार्वजनिक गरेको हो । ‘एउटीलाई मुटुमा घर…’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार मनिष श्रेष्ठ, सुमी मोक्तान र निरिशा बस्नेतलाई फिचर्ड गरिएको छ ।

सिनेमाको सार्वजनिक गीतमा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत, अम्बिका शर्माको शब्द तथा संगीतकार पोखरेल र दुर्गा खरेलको स्वर छ । यो गीतमा कविराज गहतराजको कोरियो ग्राफी हेर्न सकिने छ । सिनेमामा सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारहरु अभिनय रहेको छ ।

रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । आधुनिक प्रेमकथामा निर्माण भएको सिनेमालाई थुप्रै सफल सिनेमामा चिफ ऐडीको रुपमा काम गरिसकेका बसन्त अधिकारीले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीए सिनेमा हो । ‘जानी नजानी’मा मोदनाथ खनाल र सागर काजी माली निर्माताको रुपमा रहेका छन् ।

सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको सिनेमामा सञ्जय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।