‘एक लड्कीको देखा तो ऐसा लगा’को ट्रेलर रिलिज (भिडियो)

‘एक लड्कीको देखा तो ऐसा लगा’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राजकुमार राव, सोनम कपुर र अनिल कपुर स्टारर सिनेमा ‘एक लड्की को देखा तो ऐसा लगा’को ट्रेलर सार्वजनिक गरिएको छ । यो सिनेमालाई शैली चोपडाले निर्देशन गरेकी हुन् । बलिउड अभिनेता अनिल कपुरले पहिलो आफ्नी छोरी सोनम कपुरसँग स्क्रिन सेयर गरेका छन् । यो सिनेमा नयाँ वर्ष २०१९ को फेब्रुअरी १ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ ।

सिनेमामा अनिल कुपर र सोनम कपुर बाबु छोरीको भुमिकामा देखिएका छन् । जुही चावलाको पनि मुख्य भुमिका रहेको सिनेमामा सोनम कुपर र राजकुमार रावको लभ , रोमान्स र विछोडलाई देखाइएको छ । ‘एक लड्की को देखा तो ऐसा लगा’मा लामो समय पश्चात जुही चावला र अनिल कपुरको जोडी बाँधिएको छ ।

केहीदिन पहिले अनिल कपुरको जन्मदिनको अवसर पारेर सिनेमाको फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । विवाह पश्चात सोमन कपुरको रिलिज हुन लागेको यो दोस्रो सिनेमा हो । यसअधि सार्वजनिक प्रदर्शनमा आएको सिनेमा ‘विरे दि वेडिङ’ बलिउड बक्सअफिसमा हिट सावीत भएको थियो । यो सिनेमाको शिर्षक अनिल कपुर र मनिषा कोइराला स्टारर सुपरहिट सिनेमा ‘१९४२ अ लभ स्टोरी’को हिट गीत ‘एक लड्की को देखा तो ऐसा लगा’बाट सापटी लिइएको हो ।