एक भव्य पार्टीको आयोजना गर्दै सलमानले मनाए ५३ औं जन्मदिन

एक भव्य पार्टीको आयोजना गर्दै सलमानले मनाए ५३ औं जन्मदिन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका सुपरस्टार नायक सलमान खानले आज आफ्नो ५३ औं जन्मदिन मनाउँदैछन् । सलमान खानले आफ्नो जन्मदिनको अवसर पारेर वुधबार राती आफ्नो फार्म हाउसमा भव्य पार्टी समेत दिएका छन् । सलमानले आयोजना गरेको भव्य पार्टीमा सहभागी हुन कट्रिना कैफ, अनिल कपुर, सोनाक्षी सिन्हा, कृति सेनन, मौनी रोय, सोनाक्षी सिन्हा लगायत पुगेका थिए ।

सलमानले आफ्नो जन्मदिनको अवसरमा डान्स समेत गरेका थिए । जुन भिडियो अहिले निकै भाइरल भैरहेको छ । बलिउडमा सलमान खानको चर्चा विभिन्न कारणले हुने गर्दछ । जस्तो की विवादस्पद छवि, हिट सिनेमा, प्रेम सम्बन्ध, सिक्स प्याक शरीरका कारण उनको चर्चा सधैँ हुने गर्दछ । साथमा, सलमान खानले संचालन गर्दै आएको ‘विइङ ह्यूमन’ नामक संस्थाले समाजसेवामा पनि हात हाल्दै आएको छ ।