फेरी ‘डन’ बन्दै शाहरुख ?

फेरी ‘डन’ बन्दै शाहरुख ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका ‘किङ खान’ अर्थात शाहरुख खानको सिनेमा ‘जीरो’ले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाउन सकेको छैन । त्यसैकारण पनि सिनेमालाई ‘फ्लप’को दर्जा दिइन लागिएको छ । रिलिजको चार दिन पछि सिनेमाले ६० करोडको मात्र व्यापार गरेको छ ।

यस्तै खबरका बीच शाहरुखले सिनेमाको कमाई भन्दा पनि नयाँ सिनेमाको काममा ध्यान दिने बताएका छन् । सिनेमा ‘डन’ का निर्देशक फरहान अख्तरले शाहरुखलाई सिनेमाको तेस्रो सिक्वेलमा काम गर्नका लागि तयार रहन आग्रह गरेका छन् ।

समाचार अनुसार सिनेमा ‘डन ३’को स्क्रिप्ट लक भइसकेको छ । शाहरुखले सिनेमालाई आगामी वर्ष मात्र शुरु गर्ने निर्णय पनि लिएका छन् । फरहान अख्तर पछिल्लो एक वर्षदेखि ‘डन ३’को स्क्रिप्टमा काम गरिरहेका थिए ।

निर्माताहरूका अनुसार सिनेमा ‘डन ३’को कथा अघिल्लो संस्करण भन्दा भिन्न छ । जसको अघिल्ला दुई संस्करणसँग कुनै सम्बन्ध हुने छैन । केही समय अघि ‘डन ३’मा शाहरुख खानसँग नायिका प्रियंका चोपडाको ठाउँमा नयाँ नायिका देखिने समाचार आएको छ ।

प्रियंकाले समय दिन नचाहेको बताए पनि शाहरुख र प्रियंका बीच पछिल्लो समयमा चलेको शितयुद्धले पनि प्रियंका उनीसँग काम गर्न नचाहेको बुझिएको छ । शाहरुखले सिनेमा ‘डन ३’ भन्दा अघि ‘सारे जहाँ से अच्छा’को सुटिङ सकेपछि मात्र ‘डन ३’को काम शुरु गर्ने बताएका छन् ।