प्रियंका कार्कीले गाएको सिनेमा ‘अनागत’को गीत रिलिज (भिडियो)

प्रियंका कार्कीले गाएको सिनेमा ‘अनागत’को गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी माघ ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘अनागत’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘हुदैछ के…..’ बोलको गीतमा सिनेमाका मुख्य पात्र अपर्ण थापा र प्रियंका कार्कीलाई फिचर्ड गरिएको छ । सिनेमाको सार्वजनिक गीतमा श्रीमान-श्रीमती बिच घर व्यवहारमा उब्जिने मानसीक द्धन्द्वलाई देखाइएको छ ।

अनागतको सार्वजनिक गीतमा सुरज शाही ठकुरीको संगीत, साम्तेन भुटिया र संगीतकार सुरज शाही ठकुरीको शब्द रहेको गीत सिनेमाकी मुख्य पात्र नायिका प्रियंका कार्की र संगीतका ठकुरीको स्वर छ ।

साम्तेन भुटियाले सिनेमालाई निर्देशन गरेका हुन् । सस्पेन्स थ्रिलर जानरामा निर्माण भएको सिनेमामा अर्पण थापा र प्रियंका कार्कीका अलवा प्रविण खतिवडा र रोशिन सुवेदी मुख्य भूमिकामा छन् । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा सिनेमा निर्माण गरिएको हो ।

सिनेमामा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व। निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । सिनेमालाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र साम्तेन भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।