प्रिभ्यूमा हेर्नुस् ‘जय श्री दाम’ (भिडियो)

प्रिभ्यूमा हेर्नुस् ‘जय श्री दाम’ (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पौष २० गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘जय श्री दाम’ निर्माण टिमले प्रचारमा पहिलो पटक फरक प्रयोग गरेको छ । २ मिनेटको ट्रेलर सार्वजनिक गरिसकेको सिनेमाले सुरुवातको १५ मिनेटको दृश्य पनि सार्वजनिक गरेको छ । प्रायः हलमा रिलिज भएपछि सिनेमाको प्रिभ्यू भिडियो युट्युबमा रिलिज गर्ने गरिन्छ ।

प्रिभ्यू दृश्यमा सिनेमाको केन्द्रिय द्वन्द्व देखाउन खोजिएको छ । निर्देशक बिप्लोप उप्रेतीले दर्शकलाई लोभ्याउन र नझुक्याउन १५ मिनेटको प्रिभ्यू भिडियो सार्वजनिक गरेको बताए । उनले भने, ‘हाम्रो सिनेमामा न महँगो बजेट, न स्टारकास्ट, न गीत नै छ । तर, हाम्रो कन्टेन्ट बलियो छ । यसकारण एक्सपेरिमेन्ट गरेका हौं ।’

१५ मिनेटको प्रिभ्यू भिडियोमा अभिनेता अमृत ढुङ्गाना र अभिनेत्री जेबिका कार्कीको प्रेममा परिवार बाधक हुँदा उत्पन्न हुने समस्या देखाइएको छ । कमेडी जनरामा निर्माण भएको सिनेमा ‘जय श्री दाम’ ले पैसा कमाउन गर्ने पात्रहरुको कथा वाचन गर्ने निर्देशक उप्रेती बताउँछन् ।

मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा
सिनेमा बनेको हो । फिल्मको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह-निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य छन् ।

रविन आचार्य डिओपी रहेको सिनेमामा विनोद न्यौपाने, राजन खवितडा, प्रमोद अग्रहरी र विष्णु सापकोटा पनि लिड अभिनयमा छन् । निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको यसमा मित्र डि गुरुङको सम्पादन छ भने सिनेम्याट्रोग्राफरमा नवराज उप्रेती हुन् ।

https://youtu.be/WjQisM_wlz4