सुशान्त र अप्सना स्टारर ‘रुमालै छ चिनो’ ट्रेलर रिलिज (भिडियो)

सुशान्त र अप्सना स्टारर ‘रुमालै छ चिनो’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फाल्गुन १० गतेलाई आफ्नो प्रदर्शन मिती फाइनल गर्दै सिनेमा ‘रुमालै छ चिनो’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य पात्र सुशान्त कार्की अप्सना थापा, किशोर खतिवडा, संचिता लुइँटेल, सुरबीर पण्डित, रश्मी भट्ट, मिथिला शर्मा, लक्ष्मण बिक्रम बस्नेत सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारलाई स्थान दिइएको छ ।

एक समयको निकै हिट लोक दोहोरी गीत रुमालै छ चिनोको नाम सापटी लिएर गीतकार रेशम थापाले सिनेमा निर्माण गरेका हुन् । सिनेमालाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन् । सिनेमा गोर्खाली सैनिकको विरताको कथामा निर्माण गरिएको छ । सिनेमामा एक्सन तथा लभस्टोरीको समिश्रण रहेको निर्माण टिमले जनाएको छ ।

ज्योती फिल्मस्को ब्यानरमा बनेको यस सिनेमामा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा निर्माण गरेको सिनेमाको निर्देशन दिनेश सिंह ठकुरीले गरेका हुन् । सिनेमाको छायांकन बिनोद सापकोटाले गरेका हुन् भने शिब थारुको सम्पादन रहेको छ ।