निखिलको एक्सन अवतार भिलेन ट्रेलर रिलिज (भिडियो)

निखिलको एक्सन अवतार भिलेन ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पौष २७ गते रिलिज हुने सिनेमा ‘भिलेन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य पात्र निखिल उप्रेती, शिल्पा पोखरेल, कपिल खत्री, निशा अधिकारी, ध्रुर्ब कोइरालालाई विशेष स्थान दिएको छ । अभिनेता निखिल उप्रेती करीब एक वर्षपछि ‘भिलेन’ मार्फत काँचको पर्दामा देखिन लागेका हुन् ।

‘भिलेन’ले एक जोडीको प्रेममा परिवार भिलेन बनेपछि उत्पन्न हुने समस्या र त्यसले समाजमा पर्ने असरको कथालाई उठान गरेको छ । दि ग्लोबल पिक्चर्य प्रालीको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता कपिल खत्री हुन् । भने सिनेमामा देवेन्द्र पाण्डेको निर्देशन रहेको छ ।

दीपक श्रेष्ठ र सुरज खड्का कार्यकारी निर्माता रहेको सिनेमामा प्रस्तुतकर्ता कपिल खत्री र बल बहादुर श्रेष्ठ शितलको लगानी रहेको छ । भने ‘भिलेन’मा राज कुमार श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् । सिनेमामा मौनता श्रेष्ठको कथा, मदन काश्यप घिमिरे र सौरभ लामाको छायाँकन, लाल कुमार बराल, बसन्त सापकोटा र बाबुल गिरीको संगीत, शुक्रराज शाहको द्धन्द्व, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ ।