‘रणवीर’को लोक फ्लेवर ‘तिरीमिरी तिन तारा’ गीत रिलिज (भिडियो)

‘रणवीर’को लोक फ्लेवर ‘तिरीमिरी तिन तारा’ गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ १८ गते रिलिज हुने सिनेमा ‘रणवीर’को पहिलो गीत सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेकाको पहिलो गीत सार्वजनिक गरिएको हो । ‘तिरीमिरी तिन तारा..’ बोलको गीतमा सिनेमाका मुख्य पात्र सुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्टलाई फिचर्ड गरिएको छ । यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी हेर्न पाइनेछ ।

‘रणवीर’को लोकफ्लेवरको गीतमा चर्चित संगीतकार राजनराज सिवाकोटीको स्वर तथा संगीत रहेको छ । भने उनलाई फिमेल स्वरमा अञ्जु पन्तले साथ दिएकी छन् । यो सिनेमालाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । डिआर फिल्मस् र प्राची फिल्मस्को संयुक्त ब्यानरमा रणवीर निर्माण भएको हो । सिनेमाका निर्माता दिपेन्द्र रेग्मीले आफ्नो टिमले रणवीर निर्माणमा कुनै कमी कमजोरी हुन नदिएको बताए ।

दिपेन्द्र रेग्मी र गोमा थापा बिष्टको लगानी रहेको सिनेमामा प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, बसन्ती भाट, शैलेश्वरी सिंह, हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, जगदिश रिजाल लगायतका कलाकारको अभिनय रहेको छ ।

रणवीरमा निर्देशक गोविन्द सिंह भण्डारीको कथा, पटकथा तथा संवाद, महेश पौडेको छायाँकन, चन्द्र पन्तको द्धन्द्व, गम्भिर बिष्ट र सुरेश बसेलको कोरियोग्राफी, राजनराज सिवाकोटी, हर्कुलस बस्नेत, अमित श्रेष्ठ र सुशान्त गौतमको संगीत, कृष्ण भण्डारीको सम्पादन रहेको छ ।