विपिन,वर्षा र सुरक्षा स्टारर सिनेमा ‘गोपी’को ट्रेलर रिलिज (भिडियो)

विपिन,वर्षा र सुरक्षा स्टारर सिनेमा ‘गोपी’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ १८ गते रिलिज हुने सिनेमा ‘गोपी’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको बुधबार काठमाडौमा एकध कार्यक्रमको आयोजना गरि सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । ‘गोपी’को सार्वजनिक ट्रेलरमा मुख्य पात्र विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्का लगायतका कलाकारलाई स्थान दिइएको छ । सिनेमाका मुख्य पात्र विपिन कार्की दुर्घटना परे पश्चात पहिलो पटक वैशाकी टेक्दै सिनेमा गोपीको कार्यक्रममा पुगेका थिए ।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमालाई रंग पत्रकार तथा समिक्षक दिपेन्द्र लामाले निदेशन गरेका हुन् । लामाले यसअघि ‘घामपानी’ निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणीत गरिसकेका छन् । ‘गोपी’मा मणिकरण केसीले लगानी गरेका छन् । भने सिनेमाका कार्यकारी निर्माता फोटा पत्रकार श्रीधर पौडेल हुन् ।

सिनेमामा भोलाराज सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ति सिमली, हिउँवाला गौतम, सरोज अर्याल, इन्द्रजित चौलागाई, केशव राई, कमलमणी नेपाल, अर्पुभ गौतम, गणेश मुनाल, रामबाबु रेग्मी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

सिनेमामा दिपेन्द्र लामाको कथा, सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, गोविन्द राईको कोरियोग्राफी, न्यु बज्राचार्य, अर्जुन पोखरेल, कल्याण सिंहको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।