‘न यता न उता’को ट्रेलर रिलिज (भिडियो)

‘न यता न उता’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं माघ २५ गते रिलिज हुने सिनेमा ‘न यता न उता’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । ‘न यता न उता’को सार्वजनिक ट्रेलरमा मुख्य कलाकारहरु समिर दिक्षीत मिराज रोश, ऋचा हर्मा, छुल्ठिम गुरुङ, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, जयनन्द लामा, नम्रता सापकोटा, सिल्सा जिरेल, कमलमणी नेपाल, जीवन भट्टराई, भिमा मैनाली लगायतका कलाकारलाई स्थान दिइएको छ ।

त्रन्त्रालय फिल्मस् र हाइलाइट नेपालको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमालाई मिराज रोश र विशारद बस्नेतले मिलेर निर्देशन गरेका हुन् । ‘न यता न उता’ नेपाली सिनेमामा बनिरहेको कमेडी सिनेमा भन्दा भिन्न कथावस्तुमा निर्माण गरिएको निर्माण टिमले जनाएको छ । सिनेमामा दुई अर्धबैशे पुरुषको जीवनमा आइपर्ने विभिन्न घटनाक्रमलाई हाँस्यरसमा प्रस्तुत गरिएको छ । निर्माता तथा निर्देशक मिराज रोशका अनुसार सिनेमामा कुनैपनि पात्रलाई जबरजस्ती दर्शक हँसाउन कै लागी नराखिएको उनको भनाई रहेको छ ।

ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको सिनेमामा अमित अर्याल, बिन कन्थ मकाजु, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन शर्मा र रगुन महर्जनको लगानी रहेको छ । ‘न यता न उता’मा निर्देशक मिराज रोशको कथा तथा पटकथा, अभिमन्यु निरवीको संवाद, विक्रम स्वार र शिशिर खातीको कोरियोग्राफी, मिलन जलान, राजन इशान र स’रज विक्रम थापाको संगीत, अरोन अशोक कुमारको छायाँकन, बिपिन मल्लको सम्पादन रहेको छ ।